अनमोल र सलिनको भिडन्तले सिनेबृत तरंगित आखिर बाजी कसले मार्ला

पछिल्लो समय नेपाली फिल्महरु बन्ने क्रम निकै बढ्दो छ । यस्तो मेसोमा ठुला ठुला फिल्महरुको भिडन्त पनि हुँदै आएका छन् । यसबीचमा झरना थापाको फिल्म ए मेरो हजुर ३ र केशव भट्टराईको फिल्म यात्राको भिडन्त पक्का भएको छ । फ्लोरमा नजादै ए मेरो हजुर ३ ले चैत्र २९ गतेलाई आफनो रिलिज मिती तोकेको थियो सोही मितीलाई लक गर्दे यात्राको पनि घोषणा भएको छ ।

रोचक कुरा त के छ भने ए मेरो हजुर ३ मा अनमोल केसी छन् भने यात्रामा झरनाले नै डेब्यु गराएका नायक सलिनमान बनिया नायक छन् । ए मेरो हजुर २ मा सलिनमानको लोकप्रियता देखेर नै अनमोललाई ठक्कर दिनसक्ने नायकको रुपमा हेरिएको थियो सोही कारण यो भिडन्तको खबरले सिनेबृत अहिले देखि नै तातेको छ ।

सम्राट शाक्यको डेब्यु निर्देशन रहेको यात्राको पोस्टर सार्वजनिक गर्दे फिल्मको रिलिजको मिती तय भएको हो । पोस्टरमा मा सलिनमानको क्यारेक्टरलाई देखाईएको छ । फिल्ममा उनी भ्लगरको भूमिकामा छन् । सलिनसँगै सलोन बस्नेत, जान्वी बस्नेत, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेललगायतको फिल्ममा अभिनय छ ।

यही फिल्मबाट नायिकामा मल्लिका महतले डेब्यु गर्देछिन् भने फिल्ममा चीनका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहेको छ । निर्माता केशव भट्टराईले फिल्मको लगानीलाई मध्यनजर गर्दै चैत २९ रोजेको बताएका छन् । फिल्म निर्माणमा कुनै सम्झौता नगरिएको बताउँने केशव फिल्मले दर्शकको पैसा र समय दुबै सदुपयोग गर्ने दाबी गरे ।

फिल्मलाई केशव भट्टराई र सुशील पोखरेलले संयुक्त रुपमा निर्माण गरेका हुन् । यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् । फिल्ममा बिक्रम पराजुली, मुक्ति तिमल्सिना र रामशरण घिमिरे सह-निर्माता छन् । फिल्ममा कथा पनि निर्देशक स्वयंको छ । अब हेरौँ यो भिडन्त टर्छ वा टर्देन । यदि नटरेको खण्डमा यो २०७५ को अन्तिम समयमा ठुलो भिडन्त हुने निश्चित छ ।