फिल्म हिट तर रेनसा र साम्राज्ञीबीच मनमुटाव किन

नेपाली सिनेमा क्षेत्रकी चर्चित नायिका हुन साम्राज्ञी राज्य लक्ष्मी शाह । उनको बढ्दो क्रेज र स्टारडमको कारण उनको डिमाण्ड यतिबेला निकै छ । तर उनको काम गर्ने शैली अन्यको भन्दा फरक भएको कारण उनीप्रति धेरै रुष्ट पनि छन् । हुनत उनलाई नेपाली सिनेबृतमा घमण्डी नायिका भनेर भन्छन् तर उनीसंग काम गर्ने कलाकारहरु साम्राज्ञी घमण्डीभन्दा पनि साम्राज्ञीलाई अध्याधिक प्राईवेसी चाहिने गरेको बताउँछन् ।

साम्राज्ञी करियरको हिसाबमा पनि निकै प्रोफेसनल छिन् तर तिमी संग र इन्टु मिन्टु लण्डनमाको दौरान उनी कृेही बिवादमा पनि आईन् । तिमीसंगको रिलिज समय साम्राज्ञी इन्टु मिन्टु लण्डनमाको सुटिङका लागि निर्माता निर्देशकलाई एक्लै छोडेर हिडिन् जुन कुराको असन्तुष्टी शिशिर रानाले व्यक्त गरेका थिए । यसैगरी साम्राज्ञीको व्यवहारको कारण नै इन्टु मिन्टु लण्डनमाको निर्देशक रेनसुा वान्तवा राईसंग पनि मनमुटाव बढेको केही समय अगाडी चर्चा भएको थियो ।

भन्नेहरुले चाही रेनसाले धिरजालाई बढि च्यापेको कारण साम्राज्ञी रुष्ट भएको चर्चा भयो तर रेनसाले भने आफुहरुबीचको सम्बन्धको यर्थाथको बारेमा बल्ल मुख खोलेकीछिन् । उनले आफु साम्राज्ञीसंग नभई साम्राज्ञी आफुसंग टाढिएको बताएकीछिन् । एक अन्तरवार्ताको क्रममा आफुहरुबीच केही समस्या भने आएको उनले बताईन् ।

उनले भनिन् “फिल्मको रिलिजको संघारमा पिक टाईममा आएर साम्राज्ञी बिदेश गएपछि मलाई चित्त दुखेको हो । प्रिमियरमा त आउला जस्तो लागेको थिएन धन्न आयो । आफनो लागि धिरज र साम्राज्ञी दुबै जना उत्तिनै प्यारो रहेको भन्दै उनले साम्राज्ञीलाई निकै मिस गर्ने गरेको बताईन् । उनी भन्छिन् उसले गर्छ गर्देन थाहा छैन तर म उसलाई एकदम मिस गर्छु “।

हुन पनि हो फिल्मको रिलिजको संघारमा भएका प्रमोसनमा साम्राज्ञी टिमसंग पनि थिईनन् । तर साम्राज्ञीसंग आफुलाई कुनै पनि समस्या नरहेको बताउँने रेनसा भन्छिन् “साम्राज्ञी र धिरजको जोडी दर्शकहरुले निकै मन पराए , यो जोडीलाई पर्दामा फेरी दोहो¥याउँने योजना चाही छ” । इन्टु मिन्टु लण्डनमाको रिलिजपछि रेनसाले धिरजलाई नै लिएर नयाँ फिल्मको घोषणा गरिसकेकीछिन् जुन फिल्ममा उनले नव नायिका खोजिरहेकीछिन् ।

नेपाली सिनेमा क्षेत्रमा अहिले चर्चामा , व्यस्त र डिमाण्डेट नायिका हुन साम्राज्ञी राज्य लक्ष्मी शाह । ड्रिम्स हुदै नेपाली पर्दामा भित्रिएकी साम्राज्ञीले त्यतीबेला पनि अनमोल केसीलाई ओझेलमा पारेकी थिईन् । त्यहाँबाट साम्राज्ञीलाई करियरको हिसाबमा फर्केर हेर्नु परेको छैन ।उनको क्रेज र मार्केट भ्यालु बढेपछि नै साम्राज्ञीलाई फिल्ममा लिन चाहाने फिल्मीकर्मीहरु धेरै छन् । तर साम्राज्ञीलाई मनाउँन भने कम्त गाह्रो छैन ।