मोडलिङ क्षेत्रमा उदाउँदै मनिषा सापकोटा, हेर्नुहोस् उनका होस् उडाउने मादक पोज

काठमाडौँ।  युवा पुस्ताको मोडलिङ क्षेत्रमा आकर्षण बढेसँगै अवसर र चुनौतीहरु समेत धेरै बढेका छन् । युवा पुस्ताको सर्वाधिक रोजाइमा परेको मोडलिङ क्षेत्र दिनानुदिन फैलिँदै गएको छ । त्यस्तै मोडल÷नायिका बन्ने चाहना लिएर मोडलिङ क्षेत्रमा आफ्नो करियर सुरु गरेकी नब मोडल हुन् मनिषा सापकोटा । नृत्य तथा अभिनयमा पोख्त मोडल मनिषा सापकोटा सुन्दर मुहार र आकर्षक शरीरको धनी छिन् । चिटिक्क मिलेको शरीर अनि सुन्दर मुहारनै उनीप्रतिको आकर्षण हो । उनी मेहनतका साथ अभिनय र कलालाई अझै निखारता ल्याउदै मोडलिङ तथा सिने नगरीमा स्थापित हुन चाहन्छिन् ।

काठमाडौँ धुम्बाराहीकी स्थायी बासिन्दा मनिषा सापकोटा बिगत २ वर्षदेखि यस क्षेत्रमा आबद्द रहेर व्यवसायिक मोडलको रुपमा आफूलाई निखार्दै आएकी छिन् । हेर्दा पनि निकै आकर्षक मोडल मनिषा, हाँसिरहने शालीन स्वभावकी छिन् । मनिषा यदि राम्रो चलचित्र, म्युजिक भिडियोहरूमा अफर आएमा आफू अभिनय गर्न तयार रहेको बताउछिन् ।

सानै उमेर देखि  मोडल तथा नायिका बन्ने सोच र रुचि राख्ने मनिषा अभिनयमा पनि आफूलाई अब्बल दर्जामा राख्न प्रयासरत छिन् ।केही म्युजिक भिडियोमा अभिनय गरिसकेकी मनिषाले टिभि एड, टेलिसिरियलहरुमा समेत अभिनय गरिसकेकी छिन् । फेशन शोहरुमा समेत आफ्नो क्षमता प्रदर्शन गरिसकेकी मोडल मनिषा भन्छिन्, ‘अब चलचित्र र मोडलिङमै करिअर बनाएर स्थापित हुन्छु र यही क्षेत्रमा आफ्नो ट्यालेन्ट, क्षमता प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउँछु ।’

उनी भन्छिन्– ‘मानव जीवन भनेको संघर्ष हो मेहनत र परिश्रम गर्दै जानु पर्छ । एक दिन अवश्य सफलताको शिखर चढ्न सकिन्छ । जीवनको हरेक मोडमा संघर्ष गर्दै अगाडि बढ्नूनै जीवन हो ।’ एक दिन आफ्नो क्षमता प्रदर्शन गरेर आफ्नो लक्ष्यमा पुग्ने दृढ विश्वासका साथ आफू अगाडि बढेको कुरा पनि उनी बताउँछिन् ।स्नातक तहमा अध्ययनरत मनिषा परिवारको सहयोग र साथमा मोडलिङ क्षेत्रमा अगाडि बढेकी छिन् ।

मोडलिङ पेशा एक मर्यादित र राम्रो पेशा हो तर हाम्रो समाजको गलत व्याख्याले गर्दा मात्र यस क्षेत्रलाई व्यवस्थित गर्न सकेको छैनौं, अब हामी जस्ता युवा पुस्ता भएर समग्र नेपाली सिने जगत र मोडलिङ क्षेत्रलाई अगाडि बढाउनु पर्छ मनिषा भन्छिन् । उनी अभिनित नयाँ म्युजिक भिडियो चाँडै नै बजारमा आउदै छ ।sources-dcnepal,