औँठी लगाइदिए दुलही भावुक हुँदा रोएकी दिपिकालाइ यसरी फकाए रणवीरले

औँठी लगाइदिए दुलही भावुक हुँदा रोएकी दिपिकालाइ यसरी फकाए रणवीरले ,एकाएक भाबुक बन्यो माहोल बलिउडको निकै चर्चित जोडी रणबीर सिंह र दीपिका पादुकोणको विवाह सोमबारबाट सुरु भएको छ । नोभेम्बर १३ मा उनीहरुको संगीत कार्यक्रम भयो । यस्तै, १४–१५ नोभेम्बरमा इटलीको लेक कोमोमा विवाह हुँदैछ । मिडिया रिपोर्ट अनुसार सोमबार यो जोडीले परम्पारिक कोंकणी संस्कृतिमा इन्गेजमेन्ट गरे ।

आज कोंकणी रिवाजमा विवाह हुँदैछ । रिपोर्ट अनुसार जब दुबैले औंठी साटे तब दीपिका भावुक भइन् । उनको आँखामा आँसु देखेपछि त्यहाँ उपस्थित सबै भावुक भएको बताइन्छ । डेक्कन क्रोनिकलको रिपोर्ट अनुसार जब दुबैले औंठी साटे तब त्यतिबेला रणबीरले दीपिकाका लागि एक भावुक भाषण दिएर प्रेम व्यक्त गरे । रिंग सेरेमनीमा रणबीरले आफ्नो घुँडा टेकेर दीपिकाका लागि प्रेम जताए ।

यो देखेर दीपिका निकै भावुक भइन् । त्यतिबेला रणबीर सिंहले उनलाई निकै कसिलो अँगालो हाले । रणबीरकी स्टाइलिस्ट निताशा गौरवले ट्वीट गरिन्, ‘कुनै तस्बिर थिएन तब दुबैलाई सँगै देख्नु निकै शानदार थियो । आफ्नो आँसु रोक्न सकिरहेको छैन । तर यो खुसीको आँसु हो ।’