जसको आगमन हुँदा बेलायतको महारानिसमेत आफ्नो ठाउँबाट उठेर सम्मान ब्यक्त गर्छन्

उनलाई भेट्ने कसैले पनि पत्याउँदैनन् उनको उमेरलाई । पत्याउन पनि कसरी ? गालामा कतै चाउरी परेका छैनन् । शरिर उस्तै तेजिलो छ । उत्साह र जागँर कतिपनि घटेको छैन । सामाजिक क्षेत्रमा युवाले जसरी नै खटेर काम गरिरहेका छन्।

 

यि व्यक्ति हुन्, पाँचथरका भिसी रामबहादुर लिम्बु । उनको परिचय त्यतिमै सिमित छैन । उनी भिक्टोरिया क्रस पाउने व्यक्ति हुन् । उक्त पदक पाउने यतीबेला उनीबाहेक अरु जीवीत नेपाली पात्र छैनन् । बेलायतको बहादुरी पदक भिक्टोरीया क्रस पाउदा लिम्बु उनी ३० वर्षका थिए।जोश, जागँर, उत्साह र गोर्खा सैनिकको रूपमा बेलायत सरकारको सेवामा कार्यरत रामबहादुर युद्धको मैदान होमिएर बहादुर ठहरिने मध्येका एक हुन्।

सन् १९६६ फेबुअरी २२ का दिन बेलायती सेनाको सर्वोच्च युद्ध पदक भिक्टोरिया क्रस दिने घोषणा बेलायत सरकारले गरेको थियो । सोही साल जुलाई १२ का दिन बेलायती महारानी एलिजावेथ द्वितियको बाहुलीबाट बकिङ्घम प्यालेस लन्डनमा रामबहादुर भिक्टोरिया क्रसबाट विभूषित भए ।

प्रथम र द्वितिय विश्व युद्धका समयमा बहादुरीको सम्मानमा बेलायतमा प्रदान गरीने भिक्टोरिया क्रस निक्कै प्रख्यात पदक हो । बेलायत र अन्य देशमा भिक्टोरिय क्रस पाउनेको निक्कै ठूलो सम्मान तथा आदरभाव अझै छ । बेलायती महारानीले प्रदान गर्ने उक्त पदकबाट सम्मानित हुनेमा १३ नेपाली परेका छन् । ती मध्ये भिक्टोरिया क्रस पाउने जीवित पात्र उनै रामबहादुर मात्रै हुन्।

हरेक दुई वर्षमा बेलायत सरकारले भिक्टोरिया क्रस प्राप्तलाई भेला गरेर सम्मान दिन्छ । उक्त सम्मानलाई बेलायत सरकारले मात्र नभई भिक्टोरिय क्रस बुझ्ने जो कसैले पनि सम्मानित भाव जगाउने गरेको अनुभव उनी सुनाउँछन् ।

‘लाहुरे’ नेपालीको इतिहास झन्डै दुई सय वर्ष लामो छ । इस्ट इन्डिया कम्पनीमार्फत लाउरे भर्ती भएर उनले बेलायती सरकारको सेवा गरे । यही सेवाक्रममा लेस नायक (जवान भन्दा एक तह पमाथि) हुँदा भिक्टोरीया क्रस पदक पाउन सफल भएका थिए रामबहादुर । त्यो बेला उनको स्मरणमा अझै ताजा छ । त्यो क्रमलाई सम्झिदा त्यही बेलाको जोश जाँगरलाई निकाल्छन् उनी।

सन् १९६६ फेबुअरी २२ का दिन बेलायती सेनाको सर्वोच्च युद्ध पदक भिक्टोरिया क्रस दिने घोषणा बेलायत सरकारले गरेको थियो । सोही साल जुलाई १२ का दिन बेलायती महारानी एलिजावेथ द्वितियको बाहुलीबाट बकिङ्घम प्यालेस लन्डनमा रामबहादुर भिक्टोरिया क्रसबाट विभूषित भए । इन्डोनेसिया विरुद्ध युद्धका क्रममा बहादुरी देखाए बापत उनले त्यो पदक पाएका थिए ।

युद्धमा भीषण गोलीबारीको बीच आफ्नो ज्यानको कुनै पर्वाह नगरी पटक–पटक घाईते र मृतक योद्धाको उद्धार गरेको तथा निर्णयक युद्धमा अदम्य साहस, वीरता प्रर्दशन गर्दै शत्रुलाई परास्त गर्नमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै आफूलाई पदक दिएको उनी बताउँछन् ।

उनले युद्धको अनुभव यसरी सुनाए,‘इन्डोनेसियन सैनिकको क्याम्प नेर पुगेका थियौँ । अवस्था निक्कै कठिन थियो । अघि बढ्दैँ जादाँ दुस्मनको क्याम्प छेउमै पुगिएछ । सेन्ट्रीले देखिहाल्यो । हाकिमको आदेश नै नकुरी गोलि हानियो । हामीमाथि ठुलो गोलाबारी भयो,’ रामबहादुरले विगतलाई सम्झिए, ‘मरिन्छ कि जस्तो लागेको थियो ।

युद्ध गर्नै थियो त्यसैले मरिने कुरामा डराइएन । घाइते साथीको उद्धार पनि गर्नु थियो । निकै कठिन जीत थियो त्यो । तरपनि सफलता हासिल गरियो । त्यो दिन हो सन् १९६५ नोभेम्बर ११ ।’

उनले यो पदक पाउँदा लाहुर छिरेको ९ वर्ष भएको थियो । ‘रुममा हाकिम आएर हात मिलाए । ल ठूलो बहादुरी पाइस्,’ भने । उनलाई के होला भन्ने थाहै भएन । भरे लाईनको अगाडि बस्नु भने । पछि घोषणा भयो । परेड खेलाइयो । त्यो बेला रिबन लगाइदिए हाकिमले । खुसीले उफ्रौँ उफ्रौं नै लागेको थियो उनलाई । ‘पाँच महिनापछि विशेष समरोहमा महारानीले मलाई त्यो पदक दिनु भयो । यो पदक निक्कै ठूलो पदक थियो,’ उनले भने।

विं.स. १९९२ साउन २१ गते पाँचथरको याङवर गाँउपालिका– १ मा जन्मिएका थिए उनी । २२ वर्षको उमेरमा विं.स. २०१४ सालमा सेकेन्ड टेन्थे गोर्खा राईफल्समा भर्ती पाए । ‘पढ्ने कुरै थिएन । गाँउमा दुःखै दुःख थियो । गाँउले जीवन थियो । लाउरे जीवन बनाउने सपना देखियो । पास पनि भईहालियो । यो मेरो जीवनको सन्जोक थियो । अहिले भिसी भन्ने बित्तिकै सबैले आदार गर्छन् । बेलायतमा झन् धेरै,’ उनले भने, ‘गाउँले जीवनबाट भिसीसम्म पुग्नु सहजचाँहि थिएन ।’

सन् १९८५ सालमा २८ वर्षे जागिरे जीवनबाट अवकास भए । अनररी क्याप्टेन पदमा पुगेपछि उनको अवकास भयो । उनको बारे गिनिज बुक अफ वर्ड रेक्र्डस १९८५ को ३१ औँ संस्करमणमा विवरण प्रकाशित छ । कक्षा दशको समाजिक शिक्षा अध्ययनमा पनि उनको बारे उल्लेख भएको छ।

विभिन्न संस्थाले उनको जीवनी प्रकाशन गरेका छन् । राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रबाट उनको सम्मान भएको छ । आफ्नो पुख्र्यौली थलो पाँचथर विकासका लागि उनले विभिन्न किसिमबाट सहयोग गरेका छन् । विद्यालय, खानेपानी मन्दिर निर्माणमा सहयोग गरेका छन् । श्रीमती, चार छोरा/बुहारी, नाती नातीनाका छन् । उनी अचेल काठमाडौं र दमक गर्दै बस्छन् । बेलाबेलामा जन्मठाउँ पाँचथर आउने उनको वृतचित्र बेघा समाजले बनाउँदै छ।

सबै मिलेर अघि बढ्नु पर्ने उनको बुझाइ छ । गाँउगाँउको विकासमा सबै मिल्न सके छिटो विकास हुन सक्ने उनी सुनाउँछन् । जीवनमा आफूले धेरे गर्न बाँकी नरहेपनि गाउँठाउँको विकास भएको देख्ने चाहाना भएको सुनाए । via-internetsansar,