अमेरिकामा पनि ‘छक्का पञ्जा ३’ को नयाँ रेर्कड

नेपाली सिनेमा क्षेत्रमा सर्वाधिक कलेक्सन गरी रेर्कड बनाएको फिल्म छक्का पञ्जा ३ बिदेशमा पनि निकै रुचाईएको छ । यो फिल्म यतिबेला अमेरिका लगायतका देशहरुमा चलिरहेको छ । नेपालमा रेर्कड नै रेर्कड बनाएको यो फिल्मले अमेरिकामा पनि नयाँ रेर्कड बनाएको छ । अमेरिका यस्तो देश हो जहाँ नेपालीहरुको बाक्लो उपस्थिती रहेको छ जहाँ राम्रा फिल्महरुको डिमाण्ड पनि राम्रै हुने गर्छ ।

फिल्मले अमेरिकामा अपेक्षा गरिएको भन्दा पनि बढि कलेक्सन गर्न सफल भएको छ । यसले अमेरिकामा यस अघि रिलिज भएका छक्का पन्जा, छक्का पन्जा २ र लूट २ को ३ हप्ता सम्म चलेको रेर्कडलाई पनि ब्रेक गरिदिएको छ । नेपालीहरुको बाक्लो बसोबास रहेको अमेरिकाको डालस, टेक्सासमा अहिले छक्का पन्जा ३ ले बिदेशी भुमिमा लगातार १ महिना चल्ने पहिलो नेपाली फिल्मको रेर्कड बनाउँन सफल भएको हो ।

फिल्मले हाल सम्म डालसमा मात्रै ६४ शो को सफल प्रदर्शन गरिसकेको छ भने अझै प्रदर्शन भैरहने डालसका लागी अधिकारिक वितरक नेप्सिने र प्लानेट थ्री फिल्मस्ले जनाएको छ । फिल्मलाई अमेरिकामा फ्युजन इन्टरनेशनल, प्लानेट थ्री फिल्मस् र कोशेली इभेन्ट्स म्यानेजमेन्ट कम्पनिले अधिकारिक रुपमा बितरण गरेका हुन् ।

दीपा श्री निरौलाले निर्देशन गरेको यस फिल्ममा दिपक राज गिरी, केदार घिमिरे, दीपिका प्रसाई, जितु नेपाल, निर शाह, बुद्दि तामाङ , बर्षा राउत , संजोग कोइराला , प्रियंका कार्की , स्वस्तिमा खड्का लगायतका कलाकारहरुको अभिनय रहेको छ ।