लसुनको चिया पिउनुहोस्, यस्ता फाइदा लिनुहोस्

लसुन  हाम्रो स्वास्थ्यको लागी निकै लाभदायक छ । यसलाई हामी चियाको रुपमा खान सक्छौं । यस कुराको जानकारी कमै मानिसलाई थाहा हुन्छ । यसको चिया खानु हाम्रो लागी निकै फाइदाजनक छ । लसुन र अदुवालाई पिसेर पानीमा उमाल्ने र पानि सेलाएपछि यसमा कागती र मह मिसाएपछि लसुनको चिया तयार हुन्छ । त्यसपछि हामी यसलाई पिउन सक्छौं ।

लसुन चियाले हामीलाई पुर्याउने फाइदाहरु यस प्रकार छ :

१) लसुनको चियाले शरीरको अनावश्यक बोशोलाई बाहिर निस्काउन मद्धत गर्छ । यसले गर्दा हाम्रो शरीरको तौल नियन्त्रणमा रहन्छ ।

२) बिहान-बिहान लसुन चिया सेवन गर्दा तपाईंको शरीरको मेटाबोलिज्म ठिक सहन्छ र जसले पाचन तन्त्रले ठीकसँग काम गर्छ ।

३) लसुनको चियाको सेवनले शरीरमा रक्तसञ्चार ठिक हुन्छ जसले गर्दा मुटुसम्वन्धी समस्याहरु उत्पन्न हुन दिँदैन ।

४) दैनिक यो चियाको सेवन गरियो भने शरीरको कोलस्ट्रोल तह कम हुन्छ र यसले गर्दा मधुमेह हुँदैन ।

५) लसुन एक एन्टिबायोटिक हो त्यसैले यसको चिया नियमित पिउनाले रुघा, खोकी, ज्वरो आदिले सताउँदैनन् ।

६) लसुन चियाको नियमित सेवन गर्नुभयो भने शरीरबाट विषाक्त पदार्थ सजिलै बाहिर निस्किन्छन् र यसले गर्दा रगत सुद्ध हुन्छ ।

७) लसुनको चिया सेवन गर्नाले शरीरको प्रतिरोधक क्षमता बढ्छ । यसले तपाईं कुनै पनि रोगसँग लड्न सकिनेछ ।

८) लसुनमा भिटामिन ए, बि १, बि २ र सी अधिक मात्रामा पाइनछ । त्यसैले यसको चियाको सेवनले छालामा चमक आउँछ ।

९) लसुनमा भिटामिनका साथसाथै ठूलो परिमाणमा मिनरल्स, जस्तै क्याल्सियम र म्याग्नेसियम आदि पनि पाइन्छ । यसले हड्डीलाई बलियो बनाउँछ ।

१०) लसुन एउटा राम्रो एन्टिअक्सिडेन्ट हो जसले फ्रि रेडिकल बन्नबाट रोक्ने काम गर्छ । यसले गर्दा तपाईंलाई क्यान्सर हुन सक्ने सम्भावना न्युन हुन्छ ।

श्रोत न्युज 24 नेपाल,