सबैभन्दा चाँडो १० हजार रन पुर्याउने नयाँ किर्तिमान तथ्याङ्कमा तेन्दुलकर भर्सेस कोहली, को आगडि ?

एजेन्सी । दुवै जना आधुनिक एकदिवसीय खेलका ‘आइकनिक’ ब्याटसम्यानहरु हुन् । अहिले विराट कोहलीले सचिन तेन्दुलकरको बाटो पछ्याउँदै एउटै स्टाइलमा आफ्नो १० हजार रन पूरा गरेका छन् ।

तेन्दुलकरले सन् २००१ मा इन्दौरमा अस्ट्रेलियाबिरुद्ध १३९ रन बनाउँदै उक्त कोशेढुंगा पार गरेका थिए भने कोहलीले बुधबार विशाखापटनममा वेस्ट इन्डिजबिरुद्ध अविजीत १५७ रन बनाउँदै सो उपलब्धि हासिल गरे ।

इनिङको मामिलामा सबैभन्दा चाँडो १० हजार रन बनाउने मामिलामा कोहलीले तेन्दुलकरलाई पछि पारेका छन् । त्यही भएर यहाँ अहिलेको अवस्थामा तथ्याङ्कमा तेन्दुलकरसँग कोहलीको तुलना गरिएको छ ।

तुलनात्मक संख्या

तथ्याङ्कलाई हेर्दा निःशन्देह तेन्दुलरभन्दा कोहली अघि देखिन्छ । १० हजार रन बनाउँदासम्मको तथ्याङ्कमा उनलाई लागेको इनिङको मामिलामा कोहली तेन्दुलकरभन्दा २१ प्रतिशत राम्रो देखिन्छन् ।
त्यस्तै, रनको औसत र प्रत्येक शतकका लागि इनिङमा ४० प्रतिशत अघि र स्ट्राइकरेटमा ७ प्रतिशतले अघि छन् ।

अंकलाई हेर्दा पक्कै पनि तेन्दुलकर पछि देखिन्छन् । तर, केही तुलनाहरु तेन्दुलकरका लागि अन्यायपूर्ण हुनेछन् । किनभने तेन्दुलकरले १० हजार रन बनाउँदाभन्दा अहिले एकदिवसीय खेल पहिलेको भन्दा निकै आक्रामक बनिसकेको छ । विशेष गरेर स्ट्राइक रेटको मामिलामा ।

तेन्दुलरले १० हजार रन बनाउँदा लगाएको २६६ खेलको दौरान अन्य ब्याट्सम्यानको औसत स्ट्राइक रेट ७१.५१ थियो भने कोहलीको युगमा ८५.९९ रहेको छ । त्यस्तै, रनको औसतको मामिलामा तेन्दुलरको जमानामा अन्य ब्याट्सम्यानको २७.९० थियो भने अहिले ३१.७३ रहेको छ ।

यसले के प्रष्ट हुन्छ भने स्ट्राइक रेटको मामिलामा त्यो बेला तेन्दुलकर अन्य ब्याट्सम्यानभन्दा निकै धेरै अन्तर अगाडि थिए । त्यही तुलनामा कोहली र अन्य ब्याट्सम्यानको अन्तर निकै कम छ ।
औसतको अनुपातको मामिलामा भने कोहली अझै पनि अगाडि रहेका छन् ।

त्यस्तै, कोहलीभन्दा तेन्दुलकरले धेरै म्यान–अफ–द–म्याच अवार्ड पनि जितेका छन् । तर, यो त्यतिबेला अन्य समकक्षीको स्तरमा पनि भर पर्ने विषय हो ।

कोहली भर्सेस तेन्दुलकर 

ती खेलहरुमा अन्य ब्याट्सम्यानको औसत

*ती खेलहरुमा अन्य ब्याट्सम्यानहरुको स्ट्राइक रेट

**ओपन गरेपछि तेन्दुलकरलाई १० हजार रन पूरा गर्न लागेको समय

त्यसमाथि, शुरुवाती ६६ इनिङमा तेन्दुलकर मध्यक्रमका ब्याटस्म्यानका रुपमा खेल्थे । र, त्यतिबेला ओपनिङ गर्दा जस्तो खतरनाक थिएनन् ।

ती खेललाई हटाउँदा ओपनरका रुपमा १९३ इनिङमा (२००१ को मार्च ३१ सम्म) उनको औसत ४६.३७ र स्ट्राइक रेट ८९.६० रहेको छ । अन्य ब्याट्सम्यानहरुको त्यतिबेलाको औसत र स्ट्राइक रेटलाई हेर्दा उनको औसतको अनुपान १.६१ ले बढी देखिन्छ ।

त्यस्तै, प्रत्येक शतकका लागि लागेको इनिङमा पनि तुलानात्मक रुपमा सुधार देखिन्छ ।

शतकको मेसिन

लाग्छ, कोहलीले रमाइलोका लागि शतक बनाइरहेका छन् । तर, यो मामिलामा आफ्नो समयका अन्य प्रतिस्पर्धीको तुलनामा तेन्दुलकर निकै अघि देखिएका छन् ।

ओपनरको रुपमा खेलको शुरुवात गर्न थालेपछि कोहलीले हरेक ६.८६ इनिङमा शतक बनाउँथे भने त्यही बेला अन्य शीर्ष चार ब्याट्सम्यानले २४.७२ इनिङमा शतक हिर्काउँथे ।

यसको अर्थ शतक बनाउने मामिलामा तेन्दुलकर अन्य ब्याट्सम्यानभन्दा ३.६१ गुणाले अघि थिए ।

यो दर कोहलीको समयमा आउँदा ३.११ रहेको छ । यसको अर्थ तेन्दुलरको समयभन्दा अहिले शतक बनाउन निकै सजिलो भएको छ ।

यी औसतले देखाउँछ, दुवै ब्याट्सम्यान शतक बनाउने मामिलामा आफ्नो समयका अन्य खेलाडीहरुभन्दा कति अघि छन् ।

शीर्ष चारमा ब्याटिङ गर्दा प्रत्येक शतकका लागि लागेको इनिङ

‘चेस’ मास्टर्स

रन पछ्याउने क्रममा कोहलीको तथ्याङ्क उत्कृष्ट छ । सन् १९९४ देखि २००१ को समयमा तेन्दुलकरको तथ्याङ्क पनि नराम्रो छैन । उनको औसत ५०.२८ रहेको थियो भने स्ट्राइक रेट ९४.६५ रहेको थियो । यता कोहलीको औसत ६८.५४ रहेको छ भने स्ट्राइक रेट ९४.५१ रहेको छ ।

कोहलीको शक्ति भनेको रन पछ्याउँदा ठूलो स्कोर बनाउनु र नटआउट रहनु हो । ११६ इतिङमा उनी २८ पटक नटआउट रहेका छन् जसले उनको औसत राम्रो र औसतको दर पनि राम्रो छ ।

औसत दर – सो समयमा अन्य ब्याट्सम्यानको औसत

स्ट्राइक रेट दर – सो समयमा अन्य ब्याट्सम्यानको स्ट्राइक रेट

कोहलीले सबैभन्दा चाँडो १० हजार रन पुर्याउने नयाँ किर्तिमान बनाएर इतिहास रहेका छन् । र, उनको रन बनाउने भोक चाँडै कम हुने संकेत पनि देखिएको छैन । sources-ratopati,

इएसपीएन क्रिकइन्फो