भारतमाथि नेपालको तेस्रो सानदार जित, प्रेम तामाङको सतकमा इण्डो नेपाल टि–२० सिरिजमा नेपालको कब्जा

हरिशजङ्ग क्षेत्री, न्युज 24 नेपाल टिभी 

काठमाडौं । राजधानीमा चलिरहेको सिडब्लुटि इण्डो नेपाल अन्डर नाइन्टिन टि–ट्वान्टी मैत्रीपुर्ण क्रिकेट सिरिजमा नेपालले कब्जा जनाएको छ । बुधबार भएको निर्णयक खेलमा नेपालका कप्तान प्रेम तामाङले सतकिय पारी खेल्दा भारतमाथि नेपालले ४३ रनको सानदार जित निकालेको हो । राजधानीमा चलिरहेको टि–२० क्रिकेट सिरिजको चौथो खेलमा नेपालले जित निकाल्दै पाँच खेलको सिरिजमा तीन एकले सिरिजमा कब्जा गरेको हो ।

बुधबार दिउँसो काठमाडौ स्थित मुलपानीको माथिल्लो क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरको खेलमा पुरै ओभर खेल्दै ३ विकेटको नोक्सानीमा एक सय ९७ रनको गतिलो स्कोर खडा गरेको थियो । नेपाली टोलिका कप्तान समेत रहेका नेपाली यु –१९ टोलीका पुर्व राष्ट्रिय खेलाडी प्रेम तामाङले उत्कृष्ट हिटिङ इनिङ खेल्दै ५७ बलमा एक सय रन जोड्दै प्रतियोगिताको पहिलो सेन्चुरी बनाएका थिए । कप्तान तामाङलाई अर्को एन्डबाट साथ दिएका जुनियर अभिनाष कर्णले पनि ५० बलमा ६१ रनको अर्धसतकीय पारि खेल्दा यु–१६ का राष्ट्रिय खेलाडी प्रणित जिसिले १२ रनको योगदान दिएका थिए ।

बलिङतर्फ भारतका सबै बलरहरुलाई नेपालका कप्तान प्रेम तामाङ र अभिनाष कर्णले प्रायः बलहरुलाई चौका छक्काले स्वागत गरे पनी भारतका अमन वोह्रा २ विकेट हात पार्दा मानव जोशीले १ विकेट झारेका थिए । एक सय ९८ रनको लक्ष्यलाई चुनौती दिन मैदान आएको भारतले २० ओभर पुरै खेल्दै  ८ विकेटको नोक्सानीमा एक सय ५४ रन मात्रै बनाउदा  ४३ रनको करारा हार संगै सिरिज समेत गुमाउन पुग्यो । भारतका लागी ओपनिङ गरिरहेका आयुष राईले २६ बलमा सर्वाधिक ५५ रनको अर्धसतकीय पारी खेल्दा टोलिका अर्का अलराउण्डर ओपनर अभिषेक गोहिलले ४८ रनको योगदान दिदा टोलिलाई जित तर्फ डोर्‍याउन सकेनन् । त्यसैगरी भारतका निमेष मकवानले २२ रन जोडेका थिए ।

बलिङतर्फ नेपालका नवीन थापा र कमल खत्रीले समान दुई / दुई विकेट चट्काउदा कप्तान प्रेम तामाङले १ विकेट प्राप्त गरेका थिए । यो सिरिजमा निकै राम्रो प्रदर्शन गरिरहेका प्रेम तामाङ बुधबारको खेलमा समेत प्लेयर अफ द म्याच चुनिएका छन् । तामाङलाई आयोजना संस्था नेपालयका चिप अप्रेटिङ अफिसर सुमन भट्टले प्लेयर अफ द म्याचको ट्रफी प्रदान गरेका थिए । नेपालय इन्टरनेशनल इभेन्ट म्यानेजमेन्ट र महाकाली स्पोर्टस सोसाइटीको आयोजनामा नेपाली क्रिकेटको विकासमा टेवा पुर्याउन प्रतियोगिता आयोजना गरिएको नेपालयका डाइरेक्टर सुवास प्रधानले जानकारी दिए ।

नेपालले आजको जीत सँगै पाँच खेलको सिरिजमा तीन एकको अग्रता कायम गर्दै सिरिज जितेको छ । जारी सिरिजको पहिलो खेलमा नेपालले भारतीय टोलीलाई २६ रनले पराजित गरेको थियो, दोस्रो खेलमा भारतले नेपाललाई ५ विकेटले हराउँदै कम्ब्याक गरेको तेस्रो खेलमा नेपालले भारतलाई ३८ रनले पराजित गरेको थियोे । बिहीबार सिरिजको अन्तिम खेल हुने आयोजक संस्था नेपालयका चिप अप्रेटिङ अफिसर सुमन भट्टले जानकारी गराएका छन ।