साबधान ! पानी कम त पिउनुहुन्न, यस्तो डेन्जर रोग लाग्छ

हामीलाई शरीरमा पानीको कमी भयो भने विभिन्न समस्याहरु देखा पर्न थाल्छ । हामी धेरैलाई थाहा छ पानी नपिउदा हाम्रो सरिरमा धेरै समस्या आउछ भनेर तर पनि मानिस बेलाबेलामा पिसाब फेर्न जानुपर्ने झन्झटले पनि धेरै मानिस पानी पिउदैनन् । पानी नपिउदा यस्ता समस्याहरु आउछ । पानी कम भएका कारण हाम्रो टाउको दुख्ने गर्छ । त्यसरी टाउको गह्रौँ भएर दुखेमा तत्काल पानी पिउने र १० मिनेटको फरकमा थोरै केही खाने । त्यसले तत्काल दुखाइ कम हुन्छ । बढी तिर्ख लाग्दा मानिसको दिमागले भोक लागेको हो कि प्यास लागेको छुट्याउन सक्दैन । त्यसैले भर्खरै खाना खाएको छ भने पनि भोक लागेको जस्तो हुन्छ । यदि कहिले यस्तो भयो भने पानी पिउनुपर्छ ।

पानी काम भएकै कारण शरीरको पूरै प्रणाली नै कमजोर हुन्छ । जसले गर्दा शरीरमा भएको शक्ति नष्ट हुन थाल्छ । यसले तपाईंलाई थाकेको महसुस गराउँछ र उदासीन बनाउँछ । जो मानिस धेरै पानी पिउचाह उसको छाला चम्किलो हुन्छ । जसले पानी काम पिछ उसको छाला सुख्खा हुने गर्दछ । बारम्बार ओठ फुट्ने हुन्छ भने त्यसको कारण पानीको कमी हो । यदि तपाईं नरम र सुन्दर छाला चाहनुहन्छ भने आवश्यकतअनुसार प्रशस्त पानी पिउनुपर्छ । तपाईंले पिसाब फेर्दा दिनमा कम्तीमा दुईपटक पिसाब कस्तो छ भनेर हेर्नुभयो र दुवैपटक हल्का पहेँलो छ भने त्यो ठिकै हुन्छ ।

तर, धेरै पहेँलो छ भने तपाईंलाई पक्कै पनि पानीको कमी भएको हुन्छ । यदी शरीरले सही मात्रामा थुक बनाउन पाइरहेको छैन भने मुखबाट नमिठो दुर्गन्ध आउँछ । प्रशस्त थुक नआउँदा मुखमा हानिकारक ब्याक्टेरिया बन्न गई गनाउने श्वास निस्कन्छ । मांसपेशी या जोर्नीमा दुखाइ हुन्छ स् पानीले मांसपेशीमा वा जोर्नीमा लुब्रिकेन्टको काम गर्ने गर्छ । यसले पानी कम भयो भने दुखाइ बढ्ने सम्भावना हुन्छ ।via-osnepal,