विवादित अभिनेत्री नम्रता भन्छिन् – ‘मलाइ मेरो उपन्यास ल्याउनु छैन’

श्रोत –न्युज 24 नेपाल, काठमाडौं

काठमाडौं पोर्न भिडियो बनाइएर चर्चामा रहेकी नायिका नम्रता श्रेष्ठले आफुलाई आफ्नो ब्यक्तीगत जिवन सार्बजनीक गर्ने कुनै इच्छा नभएको बताएकी छिन् ।पछिल्लो समय फिल्म प्रसाद मार्फत मिडियामा छाइरहेकी नम्रताको वास्तविक जिवनमा आधारीत रहेर सविन प्रियासनले उपन्यास लेख्न लागेको भन्ने खबर बाहिरीएको थियो ।

यस विषयमा कुरा गर्दा नायिका श्रेष्ठले उपन्यास लेख्ने लेखकलाई आफुले औपचारीक सहमति नदिएको बताएकी छिन् उनले कसैले पनि स्वीकृति बिना आफ्नो पुस्तक बजारमा ल्याउन नसक्ने बताएकी छिन् । यसको साथै उनले आफ्नो अहिले आत्मकथा लेख्ने समय नभएको, यो काम गर्ने समय भएको समेत स्पष्ट पारेकी छिन्।

यद्यपी नम्रताले यस अघि लेखक सँग भेट भएर उनले तयार पारेको पाण्डुलिपी हेरेको बताएकी थिइन् ।  खवरअनुसार उपन्यासमा धेरै जसो उनको यौन भिडियो वरिपरि नै केन्द्र्रित भएको कारण उनले उपन्यास सार्बजनिक गर्न नचाहेको बुझिएको छ । उपन्यास लेख्ने लेखक प्रियासनले  भने नम्रतासँग बसेर उपन्यासलाई अन्तिम रुप दिने बताएका छन् ।

नम्रता श्रेष्ठ अभिनित फिल्म प्रसाद यतिखेर रिलिजको तयारिमा छ। चलचित्रको गीत तथा ट्रेलर मार्फत नै चर्चा पाएको यो चलचित्र आगामी मङ्सिरमा रिलिज हुदैछ ।