यसकारण खानुहोस् मेवाको पातको जूस

मेवा एक बहुगुणी फल हो । प्रायः सबै मानिसलाई मेवाको फाइदा बारे थाहा हुन्छ । तर, मेवाको पातको जूस पिउनुको फाइदा विरलै कसैलाई थाहा हुन्छ ।

मेवा खानुको साथै मेवाको पातको जूसले धेरै प्रकारका रोगहरुबाट छुट्कारा पाउन सकिन्छ । उसो त डेङ्गु र चिकनगुनियाका रोगिहरुलाई मेवाको पातको जूस पिउन सल्लाह दिन्छन् ।

तर, यदी तपाई जीवनभर स्वस्थ रहन चाहनुहुन्छ भने आफ्नो नियमित डाइटमा मेवाको जूसलाई सहभागि गराउन सक्नु हुन्छ ।

जान्नुहोस् मेवाको पातको जुस पिउनुको फाइदाः 
१. मेवाको पातले क्यान्सर कोषलाई बढ्न दिदैँन । यसको सेवनले इम्यूनिटीलाई बढाउन मद्दत गर्छ र सर्भाइकल क्यान्सर, स्तन क्यान्सर जस्ता क्यान्सरका कोषहरुलाई उत्पन्न हुनबाट जोगाउँछ ।

२. मेवाको पातको जूसले इन्फेक्शनबाट बचाउँनुका साथै शरीरमा व्याक्टेरियाको उत्पादनलाई रोक्न मद्दत गर्छ । यसले रगतमा सेतो रक्त कोषिका र प्लेटलेट्सलाई पनि बढाउनमा मद्दत गर्छ ।

३. मेवाको पातको जूसले डेंगू र मलेरियासँग लड़नमा मद्दत गर्छ । यसले ज्वरोको कारण कम हुँदै गएको प्लेटलेट्सलाई बढाउनुका साथै शरीरमा कमजोरी हुन दिदैँन ।

४. मेवाको पातको जूसले महिनावारीको समय दुखाईबाट बचाउँन मद्दत गर्छ । जूसमा इमली, नून र २ गिलास पानी मिसाएर काढ़ा बनाउने र त्यसपछि त्यो काढालाई सेलाएर पिउनाले दुखाईमा राहत प्राप्त हुन्छ ।