२०२० का लागि खुल्यो डिभी लोटरी, कहिले देखि भर्ने ?

असोज । आर्थिक वर्ष सन् २०२० का लागि डिभी लोटरी खुलेको छ । अमेरिकी सरकारको विदेश मन्त्रालयले सन् २०२० का लागि डिभी लोटरी खोलिएको जानकारी दिएको हो ।

अमेरिकाको पूर्वीय समय अनुशार अक्टोबर ३ तारिख बुधबार दिउँसो १२ बजेदेखि नोभेम्बर ६ बुधबार दिउसो १२ बजेसम्म डिभी लोटरीका लागि फारम भर्न सकिनेछ । डिभी लोटरीका लागि आवेदन दिन अन्तिम समयसम्म नकुर्न अमेरिकी सरकारले सुझाव दिएको छ ।

साथै डिभी लोटरीका लागि एकजनाले एउटाभन्दा धेरै आवेदन नदिन समेत अमेरिकी सरकारले सुझाव दिएको छ । एउटाभन्दा धेरै आवेदन दिएमा त्यस्ता आवेदकहरु कार्यक्रममा भाग लिनबाटै अयोग्य हुने जनाइएको छ ।

डिभी लोटरीका लागि योग्य हुने मापदण्डहरुमा गतबर्षको तुलनामा यो बर्ष कुनै परिवर्तन गरिएको छैन । बंगालादेश, ब्राजिल, क्यानडा, मुख्यभूमी चीन, कोलम्बिया, डोमेनिकन रिपब्लिक, एल साल्भाडोर, हैटी, भारत, जमैका, मेक्सिको, नाइजेरिया, पाकिस्तान, पेरु, फिलिपिन्स, साउथ कोरिया, नर्दन आयरल्याण्ड बाहेक बेलायत तथा आश्रित भुभागहरु र भियतनामका नागरिकहरु यस बर्ष डिभी लोटरीका लागि आवेदन दिन योग्य हुनेछैनन् ।

किनभने ती देशहरुबाट विगत ५ बर्षमा ५० हजारभन्दा धेरै नागरिकहरु अमेरिकामा स्थायी बसोबासका रुपमा आइसकेका छन् । साभार स्रोत न्युज २४ नेपाल टिभी,