सेलिब्रेटी किड्सहरुको फिल्मी क्षेत्रमा आगमन ! करिश्मा पुत्रीको डेब्यु यता न उताको !

नेपाली सिनेमा क्षेत्रमा सेलिब्रेटी किड्सहरुको फिल्मी क्षेत्रमा आगमन भटाभट भईरहेको छ । जसमा केही सिमित मात्र सिनेमा क्षेत्रमा सफल देखिएका छन् । डेब्युकै लागि लामो समयदेखि चर्चामा रहेका सेलिब्रेटी किड्स हुन करिश्मा मानन्धर पुत्री कबिता र झरना पुत्री सुहाना थापा । सुहाना भन्दा पहिले कबिताको डेब्यु चाडै हुने देखिएको थियो किनकी उनैले पहिल्यै फिल्म साईन गरेकी थिईन् तर सुहानाले उनीमाथि अगाडी बाजी मारेकीछिन् । कारण सुहानाको फिल्म ए मेरो हजुर ३ को टिजरदेखि गीतसमेत रिलिज भई सकेको छ ।

फिल्म चैत्र २९ बाट रिलिज पनि हुँदैछ यता कबिताका डेब्युको कुनै अत्तोपत्तो छैन । कबितालाई करिश्माले नै डेब्यु गराउने तयारीमा थिइन तर त्यो पुरा भएन । नायक शिव श्रेष्ठले भनेपछि उनले पनि हार्न सकिनन् ।शिवले निर्माण गरेको फिल्म “एउटा यस्तो प्रेम कहानी” मा कबिता अनुबन्धित भईन् ,फिल्मको सुटिङ पनि भएको थियो ।कबिताले यस फिल्ममा शिवकै छोरा शक्ति श्रेष्ठसंग स्क्रिन सेयर गरेकी थिईन् तर उक्त फिल्मको सुटिङ बीचमै रोकिएको छ । जुन कहिले सुरु हुन्छ कुनै खबर बाहिरिएको छैन ।

शारिरिक र मानसिकरुपमा पनि फिल्मका लागि खासै तयार नभएको बताउँदै आएकी कबिता एकाएक फिल्ममा अनुबन्धित भईन् तर उक्त फिल्मको सुटिङ नै पुरा नभई रोकिएको छ लामो समयदेखि । यस्तोमा कबिताको डेब्यु नै संकटमा देखिएको छ । करिश्मा छोरीको डेब्यु आफनै होम प्रडक्सनको फिल्मबाट धमाकेदाररुपमा गर्न चाहान्थिन् तर उनको एसईई परिक्षाको कारण तत्काललाई त्यो सम्भव पनि भएन । उता “एउटा यस्तो प्रेम कहानी” को सुटिङ पनि सुरु भएको छैन । डेब्युकै चर्चामा कबिता र सुहानाबीच तुलना र प्रतिष्पर्धा पनि हुने निश्चत थियो तर सुहानाको गीत यतिबेला रिलिज भएर पनि चर्चामा आईरहेको छ भने कबिताको डेब्यु भने यता न उताको भईरहेको जस्तो देखिएको छ ।