कसरी भए गरम मेयर एकाएक नरम ? यस्तो रहेछ कारण विज्ञप्ती सहित्

केहि दिन देखि विवाद र चर्चाको केन्द्रमा रहेका इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरी अन्तत गलेका गलेका छन् । लगातार आक्रोसित र उत्तेजित हुँदै आएका मेयर चौधरीले आत्मआलोचना गर्दै एक विज्ञप्ती जारी गर्दै आफ्नो अभिव्यक्तिका कारण चोट पुगेको भए क्षमायाचना गरेका छन् । आफुले कुनै गल्ती नगरेका कारण कुनै हालतमा माफी नमाग्ने अड्डी कस्दै आएका चौधरी एकाएक गल्दै माफी माग्नुलाई अर्थपुर्ण रुपमा हेरिएको छ । पार्टीका केन्द्रिय तहका नेताहरु शंकर पोखरेल र योगेश भट्टराईले माफी माग्न आग्रह गर्दा समेत मेयर चौधरीले अटेरी गर्दै उल्टै आफुलाई कुरै नबुझी माफी माग्न आग्रह गरेको बताउँदै आएका थिए ।

मेयर चौधरीले नेता योगेश भट्टराईलाई त फेसबुकमा स्टाटस लेख्न बाहेक केहि नआउँने भन्दै टिप्पणीनै गरेका थिए । पछिल्लो समय जनसमर्थन पनि बढाउँदै लगेका मेयर चौधरी अन्तत आफ्नो गल्ली महशुस गर्दै आत्मआलोचना गर्ने ठाउँमा आइपुगेका छन् । विज्ञप्तीमा मेयर चौधरीले संचार जगतको भुमिकाको खुलेर प्रशंसा गर्दै संचार जगतको मान मर्दन गर्ने उदेश्यले नभइ आफ्नो अभिव्यक्ति परिस्थितीजन्य आवेगका कारण आएको भन्दै क्षमायाचना सहित आगामी दिनमा संचार जगतको सम्मानमा पुर्ण प्रतिबद्ध रहने स्पष्ट पारेका छन्।

विश्वस्त स्रोतका अनुसार पार्टीले दवाव दिएपछि मेयर चौधरी गलेका थिए । कुनै हालतमा नुझुक्ने बताउँदै आएका चौधरीलाई पार्टीले कारवाहीको चेतावनी पनि पछि हटेको विश्वस्त स्रोतको दावी छ । साथ साथै आन्तरिक विश्लेषणमा मेयरलाई उत्तेजित बनाएर नेकपाकै साखमा गम्भिर धक्का पुर्याउने खेल सुरु भएका कारण माफी मागेर माहोल शान्त बनाउँने निर्णयमा मेयर चौधरी पुगेका स्रोतको दावी छ । त्यस्तै मेयरको हुर्मत लिन खोज्दा यसरी फसे रवि लामिछाने चर्चित संचारकर्मी रवि लामिछानेलाई इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरी सँगको कुराकानी दिनानुदिन मंहगो बन्दै गएको छ ।

केहि दिन अघि इटहरीका मेयर द्धारिकलाल चौधरीले इटहरीका एक पत्रकारलाई नाँकको डाँडी भाँच्न एक करोड छुट्याएको भन्ने विषयमा रविले आफ्नो कार्यक्रम सिधा कुरा जनता सँग मार्फत मेयर चौधरी सँग हुर्मत लिने तरिकाले निकै चर्को स्वरले प्रश्न गरेका थिए तर अन्त्यमा मेयर चौधरी सँगको कुराकानी रविलाई अहिले टाउको दुखाइ भएको छ । रविको विपक्ष र मेयर चौधरीको पक्षमा माहोल बन्दै गएको छ । यस अघि आफैँ नाकको डाँडी भाँच्न मन छ भन्दै टेलिभिजनको स्क्रृन बाट कराउँने रवि लामिछाने मेयर द्धारिकलालले भ्रष्ट विरुद्ध गर्जिए पछि उल्टै मेयर सँग हुर्मत लिने किसिमले रवि प्रस्तुत भए पछि अन्तत उनि नमजा सँग पछारिएका छन् ।

रवि सरले बोले पछि देउताको बोली जस्तो गर्ने उनका समर्थकहरु पनि अहिले मेयर चौधरीका पक्षमा बोल्दै गएका छन । रविले पनि आफ्नो आलोचना बढ्दै गएपछि आफ्नो बोली सच्याउँदै आफुले मेयर चौधरीको इमान्दारीता को कुनै आलोचना नगरेको तर शैलीको मात्रै आलोचना गरेको भन्दै भ्रष्टाचारको अन्त्य गर्न हरेक ठाउँमा द्धारिकलाल चौधरीहरु चाँहिने भन्दै रविले घुमाउँरो भाषामा माफी माग्दै मेयरको पक्षमा आफुलाई उभ्याएका छन । संचारकर्मी रवि लामिछानेले आफुले द्धारिकलालको कुनै विरोध नगरेको मात्र उनको शैलिसँग सहमत हुन नसकेको भनेर घुमाउँरो माफी माग्दै आफ्नो बचाउँ गर्न खोजे पनि आफ्नै बोलीले उनको कुरालाई काटीरहेका छन् ।

मेयर द्धारिकलाल चौधरी सँग कुराकानी गरेको युटुव भिडियो सेयर गर्दै आफ्नो फेसबुक स्टाटस लेख्ने क्रममा रविले मेयर चौधरी सँग कुराकानी गर्दा कुनै जनप्रतिनिधी सँग कुराकानी गरेको जस्तो महशुस नभइ कुनै एउटा खुंखार गुण्डा सँग कुराकानी गरेको जस्तो भएको लेखेका थिए । हेर्नुहोस् त्यसबेला रविले लेखेको फेसबुक स्टाटस जस्ताको त्यस्तै स् ‘इटहरीका मेयरसँग कुरा गरेको होकि कुनै खुङ्खार गुण्डासँग कुरा गरेको हो छुट्याउन गार्‍हो भो। उनलाई न कानुनको मतलब छ,न प्रहरीको न प्रशासनको न त अदालतको नै।

म ईमान्दार छु,बिरोधी र पत्रकारलाई कुटेरै तह लागाउछु भन्दैछन्।साथै आज ज्ञानेन्द्र शाहीका बिषयमा प्रहरी प्रबक्तासङ कुराकानी समेत गरिएको छ।’ केहि समय अघि आफ्नो फेसबुकमा यस्तो लेखेका रविले २४ घण्टा पनि वित्न नपाउँदै आफ्नो बोली फेरेका छन् । चौतर्फी विरोध र मेयर चौधरीको पक्षमा माहोल उर्लिए पछि रविले आफ्नो बोली फेर्दै मेयर चौधरीको पक्षमा घुमाउँरो समर्थन गर्दै यस्तो लेखेका छन् । हेर्नुुस रविको पछिल्लो स्टाटस जस्ताको त्यस्तै मेयर द्वारिका चौधरीको इमान्दारीतामा कुनै प्रश्न गरेका छैनौ।यस्ता हक्की नेता चाहिन्छपनि।मात्र यति हो कि उनी संयमित भएर प्रस्तुत हुन सक्थे।

सुन काण्डमा क्क्ए ले पत्रकारलाई किक हानेको वेलामा मैले टुडिखेल, किक र नाक को डाडी वाला प्रसङ्ग उठाएको थिए।त्यो भिडियोको टुक्रा मात्र हेरेर थाहा हुदैन पुरै हेर्नू पर्ने हुन्छ। बर्षौ देश लुट्ने नकचराहरुलाई टुडिखेलमा राखेर उडेर एक एक किक हान्न मन त अझै पनि छ तर “मन छ” भन्नू र फलानो मान्छेलाई टुडिखेलमा राखेर किक हान्छु हान्छु भनेर तोकेरै भन्नू मा फरक छैन ररु उहालाई इमानदार होइन भनेकै छैन तर निर्वाचित जन प्रतिनिधिले मान्छे तोकेरै सिद्याउछु भन्नू हुदैन्थ्यो। भ्रष्टाचारीलाई फासी दिनु पर्छ भनेर माग गर्न पाइयो तर फलानो नाम गरेको भ्रष्टाचारिलाई म आफ्नै पैसा खर्च गरेर फाँसी दिन्छु भनेर घोषणा गर्न पाइदैन किरु फेरिपनि भन्छु, भ्रष्टहरु तर्साउन द्वारिका चौधरीहरु चाहिन्छन।

यसरी आफ्नै कुराको आफ्नै कुरा काटेपछि हरेक विषयमा फलोअप गर्ने रवि लामिछानेले यस विषयमा भने पछिल्लो कार्यक्रममा कुनै फलोअप गरेनन् । पछिल्लो कार्यक्रममा यस विषयमा रवि चुइक्क बोलेका छैनन् । यसबाट पनि आफु फसेको रविले घुमाउँरो स्विकारोत्ती गरेको मनोविज्ञान बुझ्न सकिन्छ । यस विच इटहरीका मेयर द्धारिकलाल चौधरीले रवि लामिछाने सँगको विषयमा खास खुलासा गरेका छन् । एक युटुव च्यानललाई अन्तवार्ता दिँदै चौधरीले रवि लामिछाने आफुलाई सक्काउँन एक बर्ष देखिनै लागेको खुलासा गरेका छन् ।

सिएफएल चिम खरिदको विषयमा एक बर्ष अघि नै आफु थाइल्याण्डमा भएको बेलामा गलत सुचनाको आधारमा एक तर्फी कुरा सुनेर आफुलाई सकाउँने खेल खेलेको खुलासा गरेका छन् । रविमा ठुलो घमण्ड रहेको भन्दै मेयर चौधरीले यस्तै हुर्मत लिन काम रविले नसच्चाए उनको साख गिर्न कुनै समय नलाग्ने बताए । कुराकानीको क्रममा चौधरीले रवि लामिछाने पुर्वाग्रही भएर एकतर्फी कुरा सुनेर हुर्मत लिने गरी प्रस्तुत भए पछि आफुले पनि रविलाई इँटको जवाफ पथ्थरले दिएको बताए । रविको ठुलो स्वरलाई च्यालेन्ज गर्न आफु पनि ठुलो स्वरले बोलेको उनले बताए ।

पत्रकारको नाँकको डाँडी भाच्न बजेटनै छुट्याउँनु भएको भन्ने कुरा छ , नियम कानुन मान्दिन सबै बर्जुवा भन्नुहुन्छ के यो साँच्चै हो र रु भन्ने प्रश्नमा मेयर चौधरीले आफु विधिको शासन , प्रेस स्वतन्त्रता , मानव अधिकार , आवधिक निर्वाचन लगायतमा प्रतिवद्ध रहेको भन्दै उनले रविले अलि बढिनै पढाउँन थालेकोले आफुले पनि मार्सवाद लेनिनवाद पढाइदिएको टिप्पणी गरेका छन् । त्यस्तै अन्तत रवि लामिछाने पनि मेयर चौधरीकै पक्षमा ! इटहरी उप(महानगरपलिकाका मेयर द्धारिकालाल चौधरीको अभिव्यक्तिका कारण हिजो देखि आज सम्म यहि विषयको चर्चा परिचर्चाले बजार तातेको छ ।

इटहरीका एक पत्रकारलाई ज्यान मार्नका लागी एक करोड छुट्याएको छु भन्ने उनको अभिव्यक्ति भाइरल भए पछि चौधरीको पक्ष र विपक्षमा बहस सुरु भएको हो । हिजो नै न्युज २४ टेलिभिजनको कार्यक्रम सिधा कुरा जनता सँगमा पत्रकार रवि लामिछाने सँगको अन्तावार्ता पछि मेयर काण्ड थप पेचिलो बन्दै गएको छ । नाँकको डाँडी भाच्ँने भन्ने शब्दका वरिपरि बहसहरु चलिरहेका छन् । सबैभन्दा पहिला पत्रकार रवि लामिछानेलेनै प्रयोग गरेको नाँकको डाँडि भाँच्न मन छ भन्ने कुरा मेयरले कार्यान्वयननै गर्न खोजेपछि विषय थप पेचिलो बन्दै गएको थियो ।

रविको सिधा कुरा जनता सँग कार्यक्रम प्रस्तुत भै सकेपछि नाँकको डाँडी भाँच्ने भन्ने शब्दकै कारण केहि प्रश्नहरु रवि तिर पनि तेर्सिएका थिए । हिजोको कार्यक्रममा रवि लामिछानेले मेयर चौधरीको तरिका सहि नभएको भन्दै बाररम्बार प्रश्न गरेका थिए तर त्यहि प्रकृतीको शब्द चयन स्वयमं प्रश्नकर्ता रविले पनि विगतमा गरेको भन्दै चौतर्फी रुपमा प्रश्न तेर्सिए पछि रविले पनि अन्तत मुख खोल्दै मेयर द्धारिकालाल चौधरीकै पक्षमा आफुलाई पनि उभ्याएका छन् । आज सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै रविले आफुले मेयर चौधरीको इमान्दारीताको विषयमा कुनै प्रश्न नगरेको बरु यसलाई अर्को तरिकाबाट पनि गर्न सकिन्थ्यो भन्ने मात्रै आफ्नो आशय रहेको स्पष्ट पार्दै रविले यो देशमा द्धारिकालाल चौधरीहरु अरु पनि चाँहिने बताएका छन् ।

सामाजिक संजाल फेसबुक मार्फत नै रविले आफुले नाँकको डाँडि भाँच्छु भन्ने शब्द कुन प्रसंगमा भनेको भन्ने समेत स्मरण गराउँदै भ्रष्ट फटाह हरुको नाँकको डाँडि भाँच्न अझै पनि मन भएको स्पष्ट पारेका छन् । सामाजिक संजाल फेसबुकमा रवि लामिछानेले यस्तो लेखेका छन् ‘मेयर द्वारिका चौधरीको इमान्दारीतामा कुनै प्रश्न गरेका छैनौ।यस्ता हक्की नेता चाहिन्छपनि।मात्र यति हो कि उनी संयमित भएर प्रस्तुत हुन सक्थे।सुन काण्डमा क्क्ए ले पत्रकारलाई किक हानेको वेलामा मैले टुडिखेल, किक र नाक को डाडी वाला प्रसङ्ग उठाएको थिए।त्यो भिडियोको टुक्रा मात्र हेरेर थाहा हुदैन पुरै हेर्नू पर्ने हुन्छ।

बर्षौ देश लुट्ने नकचराहरुलाई टुडिखेलमा राखेर उडेर एक एक किक हान्न मन त अझै पनि छ तर “मन छ” भन्नू र फलानो मान्छेलाई टुडिखेलमा राखेर किक हान्छु हान्छु भनेर तोकेरै भन्नू मा फरक छैन ररु उहालाई इमानदार होइन भनेकै छैन तर निर्वाचित जन प्रतिनिधिले मान्छे तोकेरै सिद्याउछु भन्नू हुदैन्थ्यो। भ्रष्टाचारीलाई फासी दिनु पर्छ भनेर माग गर्न पाइयो तर फलानो नाम गरेको भ्रष्टाचारिलाई म आफ्नै पैसा खर्च गरेर फाँसी दिन्छु भनेर घोषणा गर्न पाइदैन किरु फेरिपनि भन्छु, भ्रष्टहरु तर्साउन द्वारिका चौधरीहरु चाहिन्छन।

छुट्यो की रु मेयर चौधरी झन उग्र, रवि लामिछानेलाई समेत थर्काए पत्रकारलाई समाचार लेखेकै आधारमा ज्यान मार्न एक करोड छुट्याएको छु भन्दै धम्की दिने इटरहरी उपमहानगरपालिकाका मेयर द्धारिकालाल चौधरी झन् उग्र हुँदै गएका छन् । पत्रकारलाई धम्की दिएको विषयमा न्युज २४ टेलिभिजनको कार्यक्रम सिधाकुरा जनता सँगमा पत्रकार रवि लामिछानेले मेयर चौधरीलाई प्रश्न गर्दा उल्टै आफुलाई कानुन नसिकाउँन धम्की दिएका छन् । तपाइले पत्रकार मार्न एक करोड रुपैँया छुट्याएको हो रु भन्ने प्रश्नमा मेयर चौधरीले एक करोड त के रिस उठ्यो भने १० करोड पनि छुट्याँछु रिसमा कसैले वेद पढ्दैन भन्दै अभिव्यक्ति दिएका छन् ।

खुल्ला चुनौती दिएको भन्दै उनले आफुलाई कारवाही गरेर देखाउँन पनि चुनौती दिएका छन् । ‘मैले धम्की दिए ल म माथी कारवाही गर्नु, भन्दै मेयर चौधरीले खुल्ला चुनौती दिएका छन् । आफुले धम्की दिएको मान्छे पत्रकार नभएर पत्रुकार र चाटुुकार भएको भन्दै उनले अब त उसलाई कालोमोसो दलेर बजार घुमाउँने समेत बताए । प्रहरी छैन रु प्रसाशन छैन रु के तपाई कानुन भन्दा माथि हो रु भन्ने प्रश्नमा चौधरी आफु कम्युनिष्ट पार्टीको कार्यकर्ता भएकाले कुनै कानुन खोजेर नबस्ने आफैँ एक्सनमा गैहाल्ने बताए ।

प्रहरी प्रशासन सबै बर्जुवा भएको आरोप लगाउँदै उनले रविलाई भने ‘रवि लामिछाने जि तपाई कान खोलेर सुन्नुस् तपाइले मलाई कानुन नसिकाउँनुस्’ । इटहरीमा यस्तै शासन चल्छ भन्दै मेयर चौधरीले पहिला पनि आफुले एक पित पत्रकरीता गर्ने पत्रकारलाई गु होलेर टाउकोमा हालेर इटहरीबाटै लखेटेको समेत बताए । यती अराजक हुँदा तपाइँलाई पार्टीले केहि भन्दैन रु भन्ने प्रश्नमा मेयर चौधरीले ‘के भन्छ रु पार्टीले केहि भन्दैन म कम्युनिष्ट पार्टीको कार्यकर्ता हुँ द्धारिकालाल चौधरी जम्बर छ जम्बर’ भन्ने जवाफ दिएका छन् ।

तपार्ई जस्तो मान्छे त मैलै कोही देखेको छैन अचम्मको मान्छे हुँनुहँदो रहेछ भन्दा चौधरीले आफुले रामप्रसाद चौलागाँइलाई सपथ ग्रहण कार्यक्रममै कुटेको बताए । चौलागाँइ इटहरीका पुर्व एमाले नेता हुन् । भ्रष्टाचारीलाई एक एक गरेर कालोमोसो लगाउँने हो भन्दै चौधरीले अब आफुले कानुन पढेर बस्ने होइन जनकारबाही गर्ने बताए । रवि लामिछानेलाई आफ्नो बारेमा नेताहरुलाई सुनाइदिन पनि चुनौती दिए । उनले भने ‘केपी ओलीलाई सुनाइदिनुस् ,माधव नेपाललाई सुनाइदिनुस् तपाईको कार्यकर्ता जब्बर रहेछ भनेर प्रचण्ड सँग त अस्ती भर्खर सिकेर आएको छु हात मिलाएर’ । निकै आक्रोसित र उत्तेजित भएका मेयर चौधरीलाई सिर्फ धन्यवाद दिएर रवि विदा भए