विप्लवको कडा चेतावनी, अब के हुन्छ ?

प्रतिबन्धित अबस्थामा रहेको विप्लव भर्खरै नेकपाले एक विज्ञप्ती जारी गर्दै सरकरालाई चेतावनी दिएको छ । बम विस्फोटको घाइतेको विषयलाई लिएर विप्लव नेकपाले ओली प्रचण्ड सँग गृह प्रसाशनलाई अति नगर्न चेतावनी दिएको छ । शुक्रबार साँझ सो पार्टीका प्रवक्ता प्रकाण्डद्धारा हस्ताक्षरित एक विज्ञप्तिमार्फत बम विस्फोटमा परेर घाइते भएका बिरामीलाई भयभित पारेर उपचारमै अवरोध गरिरहेको भन्दै चेतावनीस्वरुप त्यस्तो नगर्न आग्रह गरेको छ । विज्ञप्तिमा भनिएको छ

ओली–बादल मण्डलीको गृह प्रशासनले जेठ ७ गते राजनीतिक कार्यक्रममा हिँडिरहेका हाम्रो पार्टीका युवा कमरेड तिर्थ घिमिरे ‘राजु’लाई निशस्त्र अवस्थामा गिरफ्तार गरेर पार्टी पंक्ति र जनसमुदायलाई तर्साउने र राजनीतिक वातावरण उत्तेजित पार्ने उद्देश्यले हत्या गर्यो ।’ त्यसप्रकारको सरकारी अपराधको विरुद्ध भन्दै विप्लव नेतृत्वको नेकपाले जेठ १३ गते आम हड्तालसहितका संघर्षका कार्यक्रमहरु घोषणा गरेको थियो । सो कार्यक्रम सफल पार्ने क्रममा प्राविधिक समस्याको कारण सुकेधारास्थित ढलाने पुल र अनामनगरस्थित घट्टेकुलोमा बम विस्फोट हुँदा ४ जनाको ज्यान गएको थियो भने ५ जना घाइते भएका थिए ।

घाइते भएका ५ जना कमरेडहरु सहिद मेमोरियल अस्पताल, कलंकी, ट्रमा सेन्टर रत्नपार्क र ओम अस्पताल, चावहिल काठमाडौंमा उपचार गराइरहनुभएको छ । तर फासिष्ट दलाल सरकारको गृहप्रशासनले घाइतेका आफन्तलाई सहज रुपमा भेट्न नदिने, तर्साउने, अवरोध गर्ने, विरामीलाई ‘एम्बुस’को रुपमा प्रयोग गर्ने, कुरुवालाई दुःख दिने, विरामीलाई भयभित पारेर उपचारमै अवरोध गरिरहेको छ । हाम्रो पार्टी त्यस व्यवहारको निन्दा गर्दछ,’ विज्ञप्तिमा भनिएको छ । प्रकाण्डले त्यसप्रकारको ज्यादती तत्काल नरोके कडा संघर्षमा उत्रने चेतावनी दिँदै यस्तो अवस्थामा सरकारी ज्यादती रोक्नको लागि आवश्यक कदम चाल्न सबै अधिकारकर्मी, नागरिक समाज र न्यायप्रेमी जनसमुदायमासमेत अपिल गरेका छन् ।

छुट्यो की ! इटहरी मेयर काण्डको चुरो कुरो यस्तो पो ! इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकालाल चौधरीले पत्रकारलाई सिध्याइदिन्छु भन्दै एक करोड रुपैँया छुट्याएको विषयले अहिले बजार पुरै तातेको छ । विगत केहि समय यता देखिनै विवादको चंगुलमा फसिरहेका मेयर चौधरीको पछिल्लो काण्डले भने पुरै देश एकै पटक तरंगित भएको छ । उपमहानगरपालिकाको मेयर जस्तो अन्यन्त जिम्मेवार तहमा बसेको व्यक्तिले जुन स्तरको अभिव्यक्ति दिइरहेका छन् ,यसले कतै तिर बाट पनि शोभायमान देखिएको छैन ।

मेयर चौधरीको भावना पवित्र हुनसक्छ, उनले भन्न खोजेका कुरा पनि सहि हुनसक्छ तर जुन स्तरको शब्द चयन र प्रस्तुतीमा उनि झरेका छन् यस बाट मेयर चौधरीको मात्रै होइन उनको पार्टी नेपाल कम्युनिष्ट पार्टी नेकपाको पनि शिर निहँुरिएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कागै्रसले सत्तारुढ नेकपालाई लगाउँने सबैभन्दा गम्भिर आरोप भनेको कम्युनिष्ट सरकार अन्तत अधिनायकवादको बाटोमा जान्छ जनताका अधिकारहरु कटौटी गर्दै सर्वसत्तावाद लाद्छ । एक पटक त काग्रेस सभाति शेरबहादुर देउवाले कम्युनष्टहरु सत्तामा पुगे भने रुन पनि पाइँदैन भन्ने अभिव्यक्ति दिएका थिए ।

मेयर चौधरीको प्रस्तुती र प्रयोग गरेका शब्द हेर्दा काग्रेसले आरोप लगाएको भन्दा पनि कडा खालको अधिनायवादको झल्को मेयर चौधरीको मुहारमा देख्न पाइन्छ । आफुलाई कम्युनिष्ट पार्टीको कार्यकता हुँ भन्दै मेयर चौधरी ले पटक पटक नेपालको संविधानको खिलापमा अभिव्यक्ति दिएका छन् । लेनिन् देखि माओ र स्टालिन सम्मको उदाहरण दिँदै उनले अहिलेको व्यवस्थालाई बर्जुवा व्यवस्था भन्दै आफु कुनै कानुन प्रसाशन र प्रहरी नमानी मन नपरेको मान्छेलाई सिधै जनकारवाही गर्ने अभिव्यक्ति दिइरहेका छन् ।

आफुले कानुन नमान्ने अभिव्यक्ति सार्वजकिन रुपमा दिने र सक्ने भए कारवाही गरेर देखाउँन धम्की दिने सम्मको आँट मेयर चौधरीले गरेका छन् । यति सम्मकी उनले आफ्नो पार्टीको हाई कमाण्डलाई समेत चुनौती दिँदै कुरा लगाइएदिन पनि भनेका छन् । पत्रकार रवि लामिछाने सँगको कुराकानीको क्रममा मेयर चौधरीले नेकपका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सँग अस्ती भर्खरै हात मिलाएर कसरी काम गर्नु पर्छ भन्ने सिकेर आएको पनि बताएका छन् । लगातार पत्रकार देखि कर्मचारी सम्मलाई धम्की दिइरहेका मेयर चौधरी शान्त हुनुको साटो दिनानु दिन झन उग्र हुँदै गइरहेका छन् । नेकपाकै उच्च तहका केहि नेताले चौधरीको नियत सहि भए पनि तरिका सहि नभएको भन्दै माफी माग्न आग्रह गरेका छन् । पार्टीका शिर्ष तहका नेतालाईनै ओपन च्यालेन्ज गरेका चौधरीले चौतर्फी ओलोचना पछि अब आगामी कदम कसरी आगाडि बढाउँछन् हेर्न बाँकी नै छन् ।