हुरीले पर्सामा फेरि मच्चायो वितण्डा !

बारामा भिषण हावाहुरीका कारण ठुलो धनजनको क्षति भएको केहि समय नहुँदै फेरी आज साँझ छिमेकी जिल्ला पर्सामा हुरी र बर्षाले वितण्डा मच्चाएको छ । शनिबार साँझ बर्षासँगै आएको हावाहुरीले पर्सामा दर्जनौं घरमा क्षति पुगेको छ । केहि मानिस घाइते भएका छन् । पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले हावाहुरीले क्षति पु¥याएको र विवरण संकलन भइरहेको बताए । ‘हावाहुरीले मानवीय क्षति भएको खबर त छैन तर घाइते भएको जानकारी पाएको छु’ उनले भने, ‘घरहरुमा सामान्य क्षति भएको हो, त्यसबारे यकिन विवरण संकलन भइरहेको छ ।

हावाहुरीले वीरगञ्ज महानगरपालिका वडा नं। १८ भवानीपुर बस्ने समसुद्धिन हवारीको छोरी ४ बर्षिया सवना खातुन, वीरगञ्ज–२२ बस्ने ४७ बर्षिया मैनुदेवी लगायत घाइते भएका हुन् । दुई तले घरको छतमा खेलिरहेकी सवनालाई हावाहुरीले उडाएर तल खसालेको थियो । उनको हात भाँचिएको परिवारका सदस्यले बताएका छन् । त्यसैगरि हावाहुरीले गाउँका दर्जनौं घरमा सामान्य क्षति पुर्‍ययाएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए । क्षतिको विवरण संकलन भइरहेको छ ।

हावाहुरीले वीरगञ्ज–२३ सवैठवामा एक दर्जन भन्दा बढी घरमा क्षति पुगेको छ । हावाहुरीले स्थानिय फुलमहम्द मियाँ, नजिर मियाँ, सतनारायण राम, कुर्वान मियाँ लगायतको घरमा क्षति पुगेको वडा अध्यक्ष अवधकिसोर कुशवाहाले बताए । उनकाअनुसार हावाहुरीले भकारीको छानो, गोठ, पक्की घर समेत भत्केको छ । यस्तै बहुदरमाई नगरपालिका वडा नम्बर ३ मा क्षति पुगेको छ । हावाहुरीले गर्दा वडा नम्बर ३ का दिपेन्द्र प्रसाद यादवको कुखुरा फर्म, ईसाहाक मियाँ, गुलिराम, विजय राम, भरत राम, जिउत साह लगायतको घरमा क्षति पुगेको छ ।

पटेर्वासुगौली गाउँपालिकामा एउटा स्कुलको छानो हावाहुरीले उडाएको प्रहरीले जनाएको छ । शनिबार साँझ झण्डै आधा घण्टा वर्षासँगै हावाहुरी आएको थियो । भर्खरै मात्र हवाहुरी र बर्षा भएका कारण यसबाट कति क्षति भयो भन्ने एकिन विवरण आइसकेको छैन । मानविय क्षतिको खास विवरण नआए पछि घाइतेहरुको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । छुट्यो की ? भर्खरै विप्लवको कडा चेतावनी प्रतिबन्धित अबस्थामा रहेको विप्लव भर्खरै नेकपाले एक विज्ञप्ती जारी गर्दै सरकरालाई चेतावनी दिएको छ ।

बम विस्फोटको घाइतेको विषयलाई लिएर विप्लव नेकपाले ओली प्रचण्ड सँग गृह प्रसाशनलाई अति नगर्न चेतावनी दिएको छ । शुक्रबार साँझ सो पार्टीका प्रवक्ता प्रकाण्डद्धारा हस्ताक्षरित एक विज्ञप्तिमार्फत बम विस्फोटमा परेर घाइते भएका बिरामीलाई भयभित पारेर उपचारमै अवरोध गरिरहेको भन्दै चेतावनीस्वरुप त्यस्तो नगर्न आग्रह गरेको छ । विज्ञप्तिमा भनिएको छ – ‘ओली–बादल मण्डलीको गृह प्रशासनले जेठ ७ गते राजनीतिक कार्यक्रममा हिँडिरहेका हाम्रो पार्टीका युवा कमरेड तिर्थ घिमिरे ‘राजु’लाई निशस्त्र अवस्थामा गिरफ्तार गरेर पार्टी पंक्ति र जनसमुदायलाई तर्साउने र राजनीतिक वातावरण उत्तेजित पार्ने उद्देश्यले हत्या गर्यो ।’

त्यसप्रकारको सरकारी अपराधको विरुद्ध भन्दै विप्लव नेतृत्वको नेकपाले जेठ १३ गते आम हड्तालसहितका संघर्षका कार्यक्रमहरु घोषणा गरेको थियो । सो कार्यक्रम सफल पार्ने क्रममा प्राविधिक समस्याको कारण सुकेधारास्थित ढलाने पुल र अनामनगरस्थित घट्टेकुलोमा बम विस्फोट हुँदा ४ जनाको ज्यान गएको थियो भने ५ जना घाइते भएका थिए । ‘घाइते भएका ५ जना कमरेडहरु सहिद मेमोरियल अस्पताल, कलंकी, ट्रमा सेन्टर रत्नपार्क र ओम अस्पताल, चावहिल काठमाडौंमा उपचार गराइरहनुभएको छ ।

तर फासिष्ट दलाल सरकारको गृहप्रशासनले घाइतेका आफन्तलाई सहज रुपमा भेट्न नदिने, तर्साउने, अवरोध गर्ने, विरामीलाई ‘एम्बुस’को रुपमा प्रयोग गर्ने, कुरुवालाई दुःख दिने, विरामीलाई भयभित पारेर उपचारमै अवरोध गरिरहेको छ । हाम्रो पार्टी त्यस व्यवहारको निन्दा गर्दछ,’ विज्ञप्तिमा भनिएको छ । प्रकाण्डले त्यसप्रकारको ज्यादती तत्काल नरोके कडा संघर्षमा उत्रने चेतावनी दिँदै यस्तो अवस्थामा सरकारी ज्यादती रोक्नको लागि आवश्यक कदम चाल्न सबै अधिकारकर्मी, नागरिक समाज र न्यायप्रेमी जनसमुदायमासमेत अपिल गरेका छन् ।