बच्चालाई धकेलेको भन्दै सलमानले लगाए सेक्युरिटीको गालामा झापड

सलमान खान अभिनित चलचित्र ‘भारत’ जनवरी ५ मा रिलिज भइसकेको छ । भर्खरै मुम्बईको एक मलमा यस फिल्मको प्रिमियर राखिएको थियो । मलमा सलमान खान पुग्ने बित्तिकै उनलाई हेर्नका लागि फ्यानहरुले चारैतिरबाट घेरेका थिए । यही भीडमा एकजना सानो बच्चासँग सेक्युरिटी गार्डले दुर्व्यवहार गरेको देखेपछि सलमान खानले ती सेक्युरिटी गार्डलाई झापड लगाएका छन् । यतिबेला इन्टरेटमा यही घटनाको भिडियो भाइरल भइरहेको छ । भिडियोमा मलमा सलमानलाई हेर्न फ्यानहरुको घुइँचो लागेको छ ।

भीडलाई हटाउँदै सेक्युरिटी गार्डहरु बाटो बनाइरहेका छन् । त्यसैबीच सलमानले सेक्युरिटीमा खटिएका एक जना गार्डलाई झापड लगाइदिएका छन् । भीडमा रहेका ती साना फ्यानलाई सेक्यूरिटी गार्डले ध्यानै नदिएर धकेलेपछि सलमान खानले रिसले सेक्यूरिटी गार्डको गालामा झपड लगाइदिएका हुन् । सलमान खानका फ्यानले यो घटनाको भिडियो रेकर्ड गरेर सार्वजनिक गरेका हुन् । साथै फ्यानहरुले सलमानको प्रशंशा गर्दै सलमानको मन धेरै ठूलो रहेको बताएका छन् । सामाजिक सञ्जालमा यतिबेला यो भिडियोलाई लिएर विवाद सुरु भएको छ ।

एक पक्षले सलमान खानले आफ्ना फ्यानका लागि गरेका यो व्यवहारको प्रशंसा गरिरहेका छन् भने अर्को पक्षले उनको यो व्यवहार गलत भएको बताएका छन् सलमान खानको मुख्य भूमिका रहेको फिल्म ‘भारत’ले रिलिज भएको पहिलो दिनबाटै दर्शक तथा फिल्म समिक्षकको राम्रो साथ पाइरहेको छ । यस फिल्ममा सलमान खानसँगै कट्रिना केफ, दिशा पटानी, सुनील ग्रोवर, ज्याकी श्राफ तब्बुलगायतका कलाकारको अभिनय रहेको छ ।