बरु मलाई बृद्धभत्ता चाहिँदैन ज्ञानेन्द्र शाहीलाई बचाइदेउ सरकार भन्दै धुरुधुरु रोइन यी आमा (भिडियोसहित)

७१ बर्षिया हिरा देबी तन्दुकार ज्ञानेन्द्र शाहीको समर्थनका लागि ट्रमा सेन्टर आइपुगेकी छिन। ज्ञानेन्द्र शाहीमाथि प्रहरीले गरेको दुर्ब्यबहार बारे सुनेर नै उनि ट्रमा सेन्टर आइपुगेकी हुन्। उनि आफै हड्डी खिइने समस्याका कारण हिड्न सक्दिनन्। तर पनि देशको मायाले आफु शाहीलाई भेट्न र समर्थनको लागि आउनु भएको उनले बताए। सामाजिक संजालहरुमा ज्ञानेन्द्र शाहीले दिएको अभिव्यक्तिहरु हेरेर नै उनि प्रभावित भएकी हुन्। देश बचाउनका लागि शाही जस्तै युवाको खाँचो छ। बिगत २ महिना देखि उनि शाहीलाई भेट्न खोजिरहेका थिए। शाही जस्तो युवा यसरी एकैचोटी तात्न नहुने थियो। देश बचाउन भनि लागि परेका युवाको आवाजलाई दबाउनका लागि सरकारले यसरी यातना दिन नहुने उनले बताएकी छिन।

हाम्रो देश नेपालको झण्डा मात्रै बेच्न परे आफु ज्यान दिन तयार रहेको उनले रुदै बताइन। भ्रष्टचारले भरिएको शासनमा युवाहरु सबै बैदेशिक रोजगारका लागि जान्छन। कति लास बनेर आउछन। आमाको आफ्नै भाइ खाडीमा कमाउन गएको बेला भाई बुहारी अर्कै युवासंग भागेपछि भाइले आत्महत्या गरेका थिए। यसो हुनुको मुख्य दोषी हाम्रो सरकार रहेको उनले बताए। नेपालको मुख्य ब्यापारिक केन्द्र मानिने न्युरोड, असन, बौद्ध बिदेशी नागरिकहरुले भरिसकेको छ। अरु हाम्रो देशमा मालिक बनेर राज गरिरहेका छन्। हाम्रो युवा नोकर गर्न अरुको देशमा गएको देखेर मन दुखेको उनले रुदै बताईन। यहि देशमा जन्मेर हामी यहि मर्नु छ। बरु हामीलाई बृद्ध भत्ता चाहिएन। मेरो देश बचाउन खोज्ने युवालाई बचाइ दिनुहुन् उनले आग्रह गरेका छन्।

अनौठो प्रेम कहानी’ ८ वर्ष अलग्गिएर फेरि मिलेका दम्पतीको, श्रीमती बचाउन आफ्नै मिर्गौला… काठमाडौं । पूर्वी नेपालको झापास्थित भद्रपुरकी १७ वर्षे माया पकुवालले भर्खर एसएलसी परीक्षा सकेकी थिइन्।परीक्षा सकिएको केही समयमै हाल भद्रपुर–८ मा बसोबास गर्ने सञ्जय प्रधानसँग उनले भागेर विवाह गरिन्।यो २०४५ साल माघ ६ गतेको कुरा हो।किशोर अवस्थामा गरेको उक्त निर्णयले मायालाई लामो समयसम्म खुसी बनाउन सकेन।उनकै भनाइमा ‘केटाकेटी सोच र अपरिपक्व निर्णय’ले उनको दाम्पत्य जीवनमा खटपट देखियो।आर्थिक हिसाबले सम्पन्न परिवारमा हुर्किएको पकुवाल र आ र्थिक अवस्था कमजोर भएका प्रधानबीच त्यही विषयलाई लिएर खटपट भएको थियो।

खटपटकै बीच उनी सानै उमेरमा दुईवटी छोरीकी आमा बनिन्।तर श्रीमान्‌सँग कुरा नमिलेपछि उनी छोरीहरूलाई श्रीमान्‌का घरमा छाडेर माइत आइन् र माइतीमै बस्न थालिन्।माया भन्छिन्, ‘उमेर पनि सानो थियो। एकअर्काबीच कुरा बुझाइ हुँदैन थियो। जे पनि नकारात्मक मात्र देख्ने समय रहेछ त्यो बेला। हाम्रो जीवनको उतारचढाव कुनै चलचित्रको कथाभन्दा कम छैन।’उनी माइतमै रहेका बेला मायाकी फुपूले उनलाई काठमाण्डू लिएर गइन्।परिवार छाडेर काठमाण्डू गएकी उनले सडक विभागमा मासिक दुई हजार पाँच सय रुपैयाँको जागिर पाइन्। मायाले ठानिन्, ‘एक्लो ज्यान, यति पैसाले त पुगिहाल्छ नि ।

तर छोरीहरूको मायाले उनलाई बेलाबेला भद्रपुर तान्न थाल्यो।समय मिलाएर उनी छोरीहरू भेट्न भद्रपुर पुग्थिन् र फेरि काठमाण्डू फर्किन्थिन्।पाँच वर्षे काठमाण्डू बसाइमा न उनले पतिलाई भेटिन् न त उनका पतिले नै उनलाई भेटे।श्रीमान् छाडेको पाँच वर्षपछि एकदिन सासुले फोन गरेर भनिन्, ‘आउने भए आउनु नत्र छोरालाई अर्को बिहे गरिदिन्छौँ।’उनले श्रीमान्‌को त माया मार्न सक्थिन् तर छोरीहरूको माया मार्न सकिनन्।उनी भन्छिन्, ‘सौता आएपछि छोरीहरुको बिजोग होला बरू जान्छु भन्ने सोचेर म भद्रपुर फर्किए।’ २०५५ सालको सुरुतिर उनी झापा आइन्।

पति र छोरीहरू भएकै घरमा गएर बस्न थालिन्।तर तीन वर्षसम्म पतिसँग अनुहार हेराहेरसम्म नभएको माया बताउँछिन्। बोलचाल हुने त कुरै भएन।उनका पति सञ्जयले पनि पत्नीको कुरामा समर्थन गर्दै भने, ‘पतिपत्नीको सम्बन्धको त कुरै नगरौँ। बोलचाल पनि थिएन भनेपछि कहाँसम्म पुगेका थियौँ हामी।’छोरीहरू बढ्दै गएपछि बाबुआमाको समस्या बुझ्न थाले।उनीहरूले नै बाबुआमाको मध्यस्थकर्ताको भूमिका निर्वाह गर्न थाले।मायाले ‘काठमाण्डूमा जागिर खाँदा केही बचत गरेको रकमले घर बनाउनुपर्छ’ भनिन्। त्यसले ‘श्रीमतीले पनि घरको बारे सोच्दी रहेछिन्’ भन्ने सञ्जयलाई पर्‍यो।त्यसपछि हस्तकलाको काम गर्ने सञ्जयले आफ्नो र श्रीमतीको आम्दानी मिसाएर करिब तीन वर्ष लगाएर एउटा घर बनाए।

भाडाको घरमा बस्तै आएका उनीहरूको आफ्नै घर भयो।माया भन्छि न्, ‘हामीलाई अभाव भएरै सम्बन्धमा खटपट आएको रहेछ भन्ने अहिले अनुभूति हुन्छ।’पाँच वर्षसम्म पत्नीसँग झगडा गरेर छुट्टिएपछि सञ्जयलाई घरबाट अर्को बिहे गर्नका लागि दबाब आएको थियो।तर उनले त्यसलाई वास्ता गरेनन् र हस्तकलामै ध्यान दिए।सञ्जय भन्छन्, ‘मैले मेहनत बाहेक केही सोचिन। जब उनी (माया) आइन् अनि मेहनत गर्नुपर्नेरहेछ भन्ने उनलाई पनि लागेछ। अनि हामी दुवैको आम्दानीले एउटा घर बनायौँ।’सञ्जयको परिवारका तुलनामा आर्थिक रूपले सम्पन्न परिवारमा हुर्किएकी मायालाई हरेक क्षेत्रमा मेहेनत गर्नुपर्छ भन्ने लाग्दैन थियो।

उनले भ निन्, ‘जब अलि चेत आयो अनि मात्र हामी छुट्टिनु नहुने रहेछ भन्ने लाग्यो। हाम्रो सम्बन्ध राम्रो बन्दा छोरीहरू पनि खुसी भए।’त्यसपछि उनी पनि पत्रकारिता पेसामा आबद्ध भइन्।२०७४ साल वैशाखमा मायाको एक्कासी रक्तचाप अत्यधिक बढ्यो।मेची अञ्चल अस्प तालमा जाँच गर्दा दुईवटै मिर्गौला बिग्रेको पत्ता लाग्यो। उनले काठमाण्डू गएर उपचार गराइन्।मेची अञ्चल अस्पतालमा डायलासिस् गराइन्।मिर्गौलाको प्रत्यारोपण गर्नुपर्ने अवस्था आयो।घरमा रुवाबासी चलेका बेला उनका पति सञ्जयले एकाएक भने, ‘मेरो मिर्गौला दिएर मायालाई बचाउँछु ।

’तर उनी धेरै मेहनत गर्ने भए काले स्वास्थ्यमा समस्या आउने भएका कारण मायाका जेठाजु शौरभ प्रधानले उनलाई एउटा मिर्गौला दिने निर्णय गरे।२०७४ साल चैत्र १ गते मानव अङ्ग प्रत्यारोपण केन्द्रमा उनको सफल मिर्गौला प्रत्यारोपण भयो।शौरभ भन्छन्, ‘परिवारको सदस्यभन्दा ठूलो अरु के ही हुँदैन संसारमा। मेरो परिवारको एकजना सदस्य गुमाउनबाट बचाएँ। त्यो भन्दा ठूलो आत्मसन्तुष्टि अरु के हुन्छ र ?’पहिले छुट्टिएर बसेका भएपनि अहिले मायाका लागि सञ्जय जीवनमा कसैसँग तुलना गर्नै नसक्ने पात्र बनेका छन्।मिर्गौला प्रत्योरपण गरेपछि शारीरिक अवस्था कमजोर भएपनि घर वा बाहिरका काम सञ्जय आफैँ गर्छ न्।माया भन्छिन्, ‘बिहानै उठेर मलाई जाउलो बनाउनेदेखि भाँडा माझ्ने सम्मका काम उहाँ नै गर्नुहुन्छ। उहाँले नै स्याहार गरिरहनु भएको छ।’मायाले अब जीवनभर औषधि खानुपर्छ।ती औषधि छुट्ला कि भनेर सञ्जय सम्झाइरहन्छन्।सञ्जय भन्छन्, ‘हाम्रो मेहनतकै कारण हामी पुनः परिवारमा जोडियौ। सरस्वती माताको आशीर्वादले होला यो सबै सम्भव भएकोमा।’