जागिर नपाएर हैरानी हुनु भएको छ भने ओली सरकारले दियो खुशीको खबर : एक लाखभन्दा बढी बेरोजगारले दुई महिनाभित्र रोजगारी दिने (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

अबको दुई महिनाभित्र एक लाखभन्दा बढी बेरोजगारले रोजगारी पाउने भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बेरोजगारलाई रोजगारी दिन विभिन्न स्थानीय तहलाई बजेट छुट्याएर पठाइसकिएको जनाएको छ । बेरोजगारी सूचीमा दर्ता भएका १ लाख ६ हजार ८ सय ७२ जनालाई ३० दिन बराबरको रोजगार दिन परिपत्र समेत भैसकेको छ । सरकारले चालु वर्षको बजेटमार्फत प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत ५ लाखलाई रोजगार दिने भनेको थियो ।

बजेटमा व्यवस्था भएअनुसार यही आर्थिक वर्षभित्र १ लाख भन्दा बढीलाई ३० दिन बराबरको रोजगारी दिन लागिएको हो । बेरोजगारलाई रोजगारी दिन सरकारले २ अर्ब ३६ करोड ७९ लाख ६९ हजार रुपैयाँ बराबरको रकम स्थानीय तहमा सशर्त अनुदानका रूपमा पठाएको छ । स्थानीय तहले न्यूनतम पाँच लाखदेखि एक करोड रुपैयाँसम्मको अनुदान पाएका छन् । कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना

(सञ्चालन तथा व्यवस्थापन) कार्यविधि स्वीकृत भएको भन्दै मन्त्रालयले बजेट कार्यान्वयनका लागि सबै स्थानीय तहलाई निर्देशन दिएको हो । सरकारले प्रत्येक परिवारका एकजना सदस्यलाई एक वर्षमा कम्तीमा सय दिन रोजगारी उपलब्ध गराउने र रोजगारी दिन नसके बेरोजगार भत्ता दिने निर्णय गरिसकेको छ । यस आर्थिक वर्षमा सय दिन रोजगारी उपलब्ध गराउन नसकिएकाले एक महिनाको लागि मात्रै रोजगारी दिने गरी बजेट पठाइएको हो ।

‘कुलम्यान’को आक्रोसः एक दिन काम रोकिए तपाईंलाई थुनिदिन्छु

२ जेठ, काठमाडौं । नेपाल विद्युत प्राधिरकणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ‘कुल म्यान’ पनि भनिन्छ । न उनी खुलेर हाँस्छन्, न उतिसारो रिसाउँछन् । अर्थात सँधै ‘कुल’ । तर, नुवाकोटको पैरबेसीमा बिहीबार कुलमानको फरक रुप देखियो । प्राधिकरण प्रमुख घिसिङ त्रिशूली थि ‘ए’ आयोजनाको उत्पादन सुरुआत गर्न बिहीबार नुवाकोट र रसुवाको सीमा क्षेत्रमा पुगेका थिए । त्यहाँ पुग्दा त नुवाकोटको पैरबेसी भन्ने स्थानमा निर्माणाधीन त्रिशूली ‘बी’ हब स्टेशनको निर्माण स्थानीयले नियतबस रोकेको थाहा पाए ।

सबस्टेशनको निर्माण रोकिन नहुने भन्दै घिसिङ निर्माणस्थलमा पुगेका थिए । प्राधिकरण प्रमुख आएको थाहा पाएपछि स्थानीय पनि जम्मा भए । यो सब-स्टेशन त्रिशूली नदी किनारको नुवाकोटतर्फ पर्ने क्षेत्रमा बनिरहेको छ । तर, २ दिनदेखि रसुवाको उत्तरगया गाउँपालिका वडा नम्बर ४ का स्थानीयबासीको नाममा अवरोध भइरहेको थियो । त्रिशूली नदी किनारमा सब स्टेशनको सुरक्षाका लागि पर्खाल लगाउँदा विरोध भएको थियो । आयोजनाले रसुवातर्फ पनि ५ सय मिटरको पर्खाल निर्माण गरिसकेको छ ।

खाल्डो खनिसकेपछि पनि स्थानीयको माग अनुसार १३ मिटर पछाडि सारेर सबस्टेशनतर्फको किनारमा पर्खाल निर्माण थालिएको थियो । तर, निर्माण अगावै सबस्टेशन राख्न सहमति जनाएका रसुवातर्फका स्थानीयको नाममा अवरोध भयो । बिहीबार पनि प्राधिकरण प्रमुख आएको थाहा पाएपछि स्थानीय शिवप्रसाद भट्टराई र जानुका थापा नेतृत्वको समूह आइपुगे । उनीहरु सबस्टेशन अझै माथि लगेर निर्माण गर्न भन्दै चर्को स्वर निकाले । घिसिङले सब-स्टेशन निर्माण गर्दा स्थानीयको जग्गा र घरको सुरक्षाका लागि पर्खाल लगाउने काम भएको र बाँकी कामको लागि बसेर छलफल गर्न सकिने बताए ।

उनले सबस्टेशन निर्माणको नरोक्न आग्रह गर्दै स्थानीयको मागमा आफू गम्भीर रहेको बताए । तर, जनताको माग पनि सुनुवाई हुनुपर्‍यो भनेपछि ‘कुलम्यान’ कुलमान रिसाए । भट्टराईको नेतृत्वकै उपभोक्ता समितिमार्फत रसुवातर्फ सुरक्षा पर्खाल लगाइएको स्मरण गराउँदै फेरि थप माग किन भने प्रश्न गरे । उनले भट्टराईलाई सोधे, तपाईको जग्गामा काम गरेको छ ?’ भट्टराईले आफूहरु विकास विरोधी नभएको तर, जनताको माग सम्बोधन हुनुपर्ने बताए । कुलमानले भने, ‘तपाईको माग भन्नुस् न, जनताको होइन । जनताको माग समाधान गर्छौं हामी ।