दिपिकाको भ्यालु ७ सय करोड … पुरा हेर्नुहोस्

एजेन्सी । बलिउडमा खान नायकहरुको जस्तो सेलिब्रेटी ब्राण्ड अन्य कलाकारहरुको छैन । तर पछिल्लो समय एक पछि अर्को गर्दै सुपरहिट माथि सुपरहिट फिल्म दिईरहेकी नायिका दिपिका पादुकोणले भने यी खान नायकहरुलाई समेत पछि पार्दै भारतकै सबैभन्दा ठुलो सेलिब्रेटी ब्राण्ड बन्न सफल भएकीछिन् । कुनै समय अभागी नायिकाको रुपमा हेरिने दिपिकालाई लभ आजकल ,पिकु , बाजीराव मस्तानी

गोलियोकी रासलिला रामलिला , पद्यमावत लगायतका हिट फिल्म र उनको बढ्दो क्रेज अनि स्टारडमको आधारमा उनले खान नायकहरुलाई समेत पछि पर्दै सबैभन्दा ठुलो सेलिब्रेटी ब्राण्ड बन्न सफल भएकी हुन् । सेलिब्रेटीहरुको ब्राण्ड भ्यालुको मुल्यांकन गर्ने चर्चित कम्पनी डफ र फेल्पसको ताजा आँकडा अनुसार दिपिकाको ब्राण्ड भ्यालु १० करोड डलर यानेकी ७ सय करोड भारु भन्दा पनि माथि पुगिसकेको छ ।

जबकी पछिल्लो बर्ष फोर्ब्सको सूचिमा सबैभन्दा धेरै कमाई गर्ने सेलिब्रेटीहरुको रुपमा उनको कमाई ११३ करोड बताईएको थियो । उनले सारुख , सलमान , आमिर , रणवीर सिंहमात्र होईन उनले ब्राण्डको दुनियाँमा राम्रो पकड बनाएका धोनीलाई समेत पछि पारेकीछिन् । दिपिकाले बिज्ञापनको दुनियाँमा एकछत्र राज गरेकीछिन् । पछिल्लो बर्षमात्र उनले २१ वटा विभिन्न ब्राण्डको एम्बेस्डर बनेकी थिईन् ।

यति उत्पादनहरुको एन्डोर्समेन्ट गर्ने कुनै बलिउड कलाकारहरु छैनन् ।तर उनलाई यसमानेमा भने टक्कर दिएका छन् क्रिकेट जगतका चर्चित हस्ती विराट कोहली । उनको ब्राण्ड भ्यालु पनि दिपिका बराबरकै रहेको छ । दिपिकाले यतिबेला पाएको नेम र फेम अन्य कलाकारहरुका लागि पनि लोभलाग्दो बन्न पुगिरहेको छ । यतिबेला दिपिका छपाक फिल्ममा काम गरिरहेकीछिन् । जुन बायोपिकमा उनी एसिड आक्रमणबाट पीडित युवतीको भूमिकामा देखिँदैछिन् ।

बलिउडमा खान नायकहरुको जस्तो सेलिब्रेटी ब्राण्ड अन्य कलाकारहरुको छैन । तर पछिल्लो समय एक पछि अर्को गर्दै सुपरहिट माथि सुपरहिट फिल्म दिईरहेकी नायिका दिपिका पादुकोणले भने यी खान नायकहरुलाई समेत पछि पार्दै भारतकै सबैभन्दा ठुलो सेलिब्रेटी ब्राण्ड बन्न सफल भएकीछिन् । कुनै समय अभागी नायिकाको रुपमा हेरिने दिपिकालाई लभ आजकल ,पिकु , बाजीराव मस्तानी