निजी सचिवले घूस खाएको आरोपपछि वाणिज्य मन्त्रालयमा बबाल, मन्त्री यादवले समाते कर्मचारीको कठालो हेर्नुहोस् पुरा विवरण

काठमाडौँ — उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवका निजी सचिवले घूस खाएको आरोप लागेपछि मन्त्रालयमै बबाल मच्चिएको छ । निजी सचिव प्रेम आचार्यले घूस खाएर आफूहरुलाई सरुवा गरिएको आरोप लगाउँदै केही कर्मचारी विरोधमा उत्रिएपछि बुधबार दिउँसो आपूर्ति मन्त्रालयमा लफडा भएको हो । कर्मचारीहरु उपसचिव शोभाकर रेग्मी, शाखा अधिकृत विश्वबन्धु रेग्मी लगायतका समूह निजी सचिव आचार्यले घूस खाएको भन्दै उनकै कार्यकक्षमा होहल्ला गर्न पुगेका थिए।

घूस लिई सरुवा गरेको भन्दै निजी सचिव आचार्य र कर्मचारीबीच भनाभन भएपछि कार्यकक्षमा रहेका मन्त्री यादव जंगिँदै बाहिर निस्केका थिए। मन्त्री यादवले झगडा गर्ने को हो, घूस खाको भन्ने? प्रमाण के छ पुष्टि गर। नत्र थुन्छु भनेर ढोका लगाउन निर्देशन दिएका थिए। त्यसपछि ५/६ जनामा रहेका कर्मचारीहरु भागभाग गरे। त्यसपछि मन्त्री यादव स्वयम्‌ले ती कर्मचारीहरुको कठालो समाउन पुगे। जसका कारण मन्त्रालयमा केहीबेर होहल्ला भएको थियो। मन्त्री यादवका निजी सचिव आचार्यले भने ती कर्मचारीहरुले उद्योग विभाग जान नपाएको झोंकमा आफूमाथि घूस लिएको आरोप लगाएको दाबी गरे।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवका निजी सचिवले घूस खाएको आरोप लागेपछि मन्त्रालयमै बबाल मच्चिएको छ । निजी सचिव प्रेम आचार्यले घूस खाएर आफूहरुलाई सरुवा गरिएको आरोप लगाउँदै केही कर्मचारी विरोधमा उत्रिएपछि बुधबार दिउँसो आपूर्ति मन्त्रालयमा लफडा भएको हो । कर्मचारीहरु उपसचिव शोभाकर रेग्मी, शाखा अधिकृत विश्वबन्धु रेग्मी लगायतका समूह निजी सचिव आचार्यले घूस खाएको भन्दै उनकै कार्यकक्षमा

घूस लिई सरुवा गरेको भन्दै निजी सचिव आचार्य र कर्मचारीबीच भनाभन भएपछि कार्यकक्षमा रहेका मन्त्री यादव जंगिँदै बाहिर निस्केका थिए। मन्त्री यादवले झगडा गर्ने को हो, घूस खाको भन्ने? प्रमाण के छ पुष्टि गर। नत्र थुन्छु भनेर ढोका लगाउन निर्देशन दिएका थिए। त्यसपछि ५/६ जनामा रहेका कर्मचारीहरु भागभाग गरे। त्यसपछि मन्त्री यादव स्वयम्‌ले ती कर्मचारीहरुको कठालो समाउन पुगे। जसका कारण मन्त्रालयमा केहीबेर होहल्ला भएको थियो। मन्त्री यादवका निजी सचिव आचार्यले भने ती कर्मचारीहरुले उद्योग विभाग जान नपाएको झोंकमा आफूमाथि घूस लिएको आरोप लगाएको दाबी गरे। तश्बिर समाचार सभार : kantipurdaily.com