Miss Nepal २०१९ को उपाधी अनुश्का श्रेष्ठले जितेकी छिन् !

मिस नेपाल वल्र्ड २०१९ को ताज अनुष्का श्रेष्ठले पहिरिएकी छिन् । आज भएको फाइनलमा अन्य प्रतिस्पर्धीलाई उछिन्दै अनुष्काले ताज जित्न सफल भएकी हुन् । उनलाई मिस नेपाल वल्र्ड २०१८ की विजेता ऋंखला खतिवडाले ताज लगाई दिइन । यस्तै मिस नेपाल युनिभर्स २०१९ को उपाधि प्रदिप्ता अधिकारी, मिस नेपाल अर्थ २०१९को ताज रिया बस्नेत, मिस नेपाल इन्टरनेशनल २०१९को ताज मिरा कक्षपति र मिस नेपाल सुपर नेशनल २०१९ को ताज रोज लामाले जितेकी छिन् ।