रीना बस्नेतको हत्या कि मृत्यु ? रहस्य खोले विश्वासले (भिडियो)

काठमाडौं । मोरङको पथरी शनिश्चरेमा दुई हप्ता अघि रीना बस्नेत मृत्यु भेटिएकी थिइन् । आफू बस्दै आएको घर अगाडी नग्न अवस्थामा मृत फेला परेकी उनको हत्या वा मृत्यु भन्ने एकीन भइसकेको छैन । स्थानीयले उनको हत्या भनेका छन् भने प्रहरीले लडेर मृत्यु भएको मुचुल्का उठाएको स्थानीयको आरोप छ । तर, यसबारे प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ । २९ वर्षिया रीनाको हत्या भएको दोषी पक्राउ गरि कारबाही गर्न माग गर्दै स्थानीयहरुले प्रदर्शन समेत गरेका थिए । रीनाको श्रीमान विदेशमा छन् । रीनासँग निकट सम्बन्ध कमल नेपालको रहेको चर्चा पनि चल्यो । के हो त वास्तविकता ? यसबारे बताएका छन् नेकपाका नेता पुण्य गौतम विश्वासले । हेरौं भिडियो :