नेपाली वैज्ञानिकद्वारा बनाइएको भू-उपग्रह यसरी गरियो अन्तरिक्षमा प्रक्षेपण, नेपालको एतिहासिक सफलता, विश्वको ध्यान नेपालतर्फ……(हेर्नुहोस् पुरा बिवरण)

बैशाख । जापानमा अध्ययनरत दुई जना नेपाली बिद्यार्थीद्वारा निर्मित नेपालकै पहिलो भूउपग्रह ‘नेपाली स्याट–१’ सफलतापूर्वक प्रक्षेपण गरिएको छ । नेपाली विज्ञान प्रविधिको इतिहासमै पहिलो पटक भूउपग्रह संयुक्त राज्य अमेरिकाको भर्जिनिया राज्यबाट नेपाली स्याटेलाइट अन्तरिक्षमा प्रक्षेपण गरिएको हो ।

नेपालले आफ्नै स्याटेलाइट भूउपग्रहमा प्रक्षेपण गरेसँगै नेपाल स्याटेलाइट प्रक्षेपण गर्ने मुलुकहरुको सूचीमा परेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका बताएका छन् ।

नेपालको स्याटेलाइट सफलतापूर्वक प्रक्षेपण गरिएको नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का प्र्रविधि सङ्काय प्रमुख रवीन्द्रप्रसाद ढकालले जानकारी दिनुभयो ।

संयुक्त राष्ट्र सङ्घको बाह्य अन्तरिक्ष मामिलासम्बन्धी कार्यालय (युनुसा)मा दर्ताको परराष्ट्र मन्त्रालयमार्फत प्रक्रिया अघि बढाइएको प्रमुख ढकालले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्विटमार्फत नेपालले पनि स्याटेलाइट युगमा प्रवेश गरेकामा खुशी व्यक्त गर्दै उक्त कार्यमा संलग्न सबै वैज्ञानिक तथा नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) सहितका सबै निकायलाई बधाई दिनुभएको छ ।

प्रधानमन्त्रीले आफ्नो ट्विटमा लेख्नुभएको छ, नेपालको पहिलो भूउपग्रह ‘नेपाली स्याट–१’ प्रक्षेपण भएको छ । योसँगै नेपाल पनि स्याटेलाइट प्रक्षेपण गर्ने मुलुकहरूको सूचीमा जोडिएको छ । यसको निर्माणदेखि प्रक्षेपणसम्म, मुलुकको श्रीवृद्धिमा संलग्न सबै वैज्ञानिक तथा नास्टसहितका सबै निकायहरूलाई बधाई ज्ञापन गर्दछु ।”