सन्दीप लामिछानेको टिम मेलबर्न बिग बासको फाइनलमा प्रवेश

काठमाडौँ । नेपाली क्रिकेटर सन्दीप लामिछाने आबद्ध मेलबर्न स्टार्स बिग बास लिग(बीबिएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बिहीबार साँझ सम्पन्न सेमिफाइनलमा मेलबर्न स्टार्सले होबर्ट हुरिकेन्सलाई ६ विकेटले हराउँदै फाइनलको स्थान सुरक्षित गरेको हो । लिग चरणमा हुरिकेन्स पहिलो र मेलबर्न चौथो भएको थियो। एक सय ५४ रनको लक्ष्य मेलबर्नले १८.५ ओभरमा ४ विकेट गुमाएर पुरा ग¥यो। मेलबर्नका लागि कप्तान ग्लेन म्याक्सवेलले सर्वा्धिक ४३ रन जोडे। पिटर ह्यान्ड्सकम्बले ३५ र सेब गट्चले ३३ रन बनाए। । निक म्याडिन्सन र मार्कस स्टोइनिसले समान १८ रन बनाए।

यसअघि पहिला ब्याटिङ गरेका हुरिकेनविरुद्ध सन्दीपले विकेट लिन सकेनन्। उनले चार ओभरमा ३१ रन खर्चिए। मेलबर्न स्टार्सले सिड्नी सिक्सर्स र मेलबर्न रेनेगेड्सबीच हुने खेलको विजेतासँग उपाधिका लागि खेल्ने छ। मेलबर्न स्टार्स दोस्रोपटक बिग बासमा फाइनल पुगेको हो।

विदेशका व्यवशायीक क्रिकेट लिगमा सन्दिप आबद्ध टोली पहिलोपटक फाइनल पुगेको हो। उनले गत मार्चमा पहिलो अन्तर्राष्ट्रिय व्यवशायीक क्रिकेट प्रतियोगिताका रुपमा इन्डियन प्रिमियर लिग खेलेका थिए।