सेkक्स टोयमार्फत् महिला बलात्कार गरेको आरोपमा १९ वर्षे युवती पक्राउ

एजेन्सी

२५ वर्षकी एक महिलालाई सेkक्स टोयमार्फत बलात्कार गरेको आरोपमा एक १९ वर्षीया भारतीय युवती पक्राउ परेकी छिन् । अदालतले उनलाई जुडिशल कस्टडीमा तिहाड जेलमा पठाएको छ ।

घटना गत वर्ष सेप्टेम्बरको हो । यो मामलामा सीमापुरी पुलिसले तीन युवकविरुद्ध मुद्दा दर्ता गरेको थियो । तर पुलिसले अर्की आरोपी १९ वर्षकी युवतीमाथि भने मुद्दा दर्ता गरेको थिएन । सर्वोच्च अदालतले समलैंगिकता (धारा ३७७) लाई अपराधको श्रेणीबाट बाहिर निकालेको भन्दै उनी आफू पक्राउ पर्न नहुने बताएकी थिइन् ।नर्थ ईस्टमा बस्ने पीडितका अनुसार १९ वर्षीया युवतीले आफूलाई पटक–पटक बलात्कार र कुटपिट गरिन् ।

जानकारीका अनुसार पीडित महिला एक व्यवसायमा लगानी गर्नका लागि मानिससँग भेटघाट गरिरहन्थिन् । यसै क्रममा उनको भेट रोहित र राहुलसँग भयो । भेट भएकै दिन दुबैले पीडित महिलालाई दिलशाद कोलोनीको एक अपार्टमेन्टमा पुर्याएर सामूहिक बलात्कार गरे ।

त्यसपछि भिडियो बनाएर पीडितलाई ब्ल्याकमेल गर्न थाले । आरोपका अनुसार १९ वर्षकी युवतीले सेkक्स टोयमार्फत् पीडितलाई बलात्कार गर्थिन् । अब ती युवतीलाई बलात्कारको आरोपमा समलैङ्गिकताको आधारमा पक्राउ गरिएको छ ।शाहदरा जिल्लाका पुलिस अधिकारीले यसबारे पुष्टि गरेका छन् ।