विवाह अगाडि नै तीजको अवसरमा प्रियंकाले लगाइन् पोते, हेर्नुस् उनको तीज यस्तो भयो

तीजको अवसरमा बिवाहित वा अबिवाहित सबै रातो पहिरनमा देखिए । बिवाहितले रातो पारीहरसंगै श्रिंगारपनि गरे तर अबिवाहितले भने रातो पहिरनमै चित्त बुझाए । तर यता भर्खरै इंगेजमेन्ट गरेकी अभिनेत्री प्रियंका कार्कीले पनि तीजको अवसर पारी आफ्नो तीज अवतार सार्वजनिक गरेकी छन् । आफ्नो अफिसियल फेसबुक अकाउण्टमा उनले उक्त तस्विर शेयर गरेकी हुन् ।

तस्बिरमा उनले रातो सारी लगाएकी छन् । रातो सारीसंगै उनले पोते र नौगेडी पनि लगाएकी छिन् । उक्त तस्विरसंगै उनले तीजको सम्पूर्ण नेपाली नारीहरुलाई शुभकामना समेत दिएकी छन् । उनि लेख्छिन् ,’ हरितालिका तीजको हामी सबैमा शुभकामना !! बर्ष भरि यस्तै गरि निडर भइ हास्दै, नाच्दै, हाम्रा छोरी चेलीले रमाउन र बाच्न पाउ। ‘sources-osnepal