के कारणले हुन्छ महिलामा स्तन क्यान्सर ? लक्षण के के छन् त यसका ? जानी राखौँ ,

स्तनका कोषहरू असामान्य रूपमा वृद्धि हुन थालेपछि स्तन क्यान्सरको सम्भावना हुन्छ । साधारणतया कोषहरूको वृद्धि र विभाजन शरीरको आवश्यकता अनुसार हुन्छ । तर, जब शीघ्र रूपमा र धेरै मात्रामा कोषहरू वृद्धि र विभाजन हुन्छन्, पुराना कोषहरू टाँसिएर रहन्छन्, तब गिर्खा वा ट्युमर बन्ने प्रक्रिया सुरु हुन्छ । स्तनमा भएका कोष–कोषिकामा असामान्य परिवर्तन आई तिनीहरूको अनियन्त्रित तथा अनावश्यक वृद्धिबाट बन्ने गिर्खा, गाँठागुँठी र निको नहुने घाउलाई स्तन क्यान्सर भनिन्छ ।

त्यो प्रक्रिया क्यान्सर नहुने वा हुने दुवै प्रकृतिको हुनसक्छ । क्यान्सर हुने प्रकृतिका ट्युमरले नजीकका तन्तु तथा अवयवहरू नष्ट गर्छन् । ती ट्युमर शरीरको अन्य भागमा फैलिन सक्छन्, शल्यक्रिया गरेर हटाए पनि फेरी उत्पन्न हुन्छन् र धेरै खतरनाक हुन्छन् । स्तन क्यान्सर प्रायः दुग्ध उत्पादन गर्ने नलीबाट सुरु हुन्छ तर कहिलेकाहीँ तन्तुहरूको झुप्पाबाट पनि सुरु हुन्छ । स्तन क्यान्सर शरीरको कुनै पनि भागमा फैलिन सक्छ । स्तन क्यान्सर फैलिएमा हड्डी, कलेजो, फोक्सो तथा मस्तिष्कमा पनि ट्युमर हुन सक्छ ।

स्तन क्यान्सर रोकथामको सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको स्तन क्यान्सरको विकासक्रमबारे सचेत हुने, समयमै यसको निदान तथा उपचार गर्ने हो । निम्न उमेरमा परीक्षण गरे स्तन क्यान्सरबाट बच्न सकिन्छ ।

२० वर्षसम्मको उमेरमा स् परविर्तनको लक्षण थाहा पाउन महिनाको एकपटक आफैँले आफ्नो स्तन परीक्षण गर्ने । २०/३९ वर्षको उमेरमा स् प्रत्येक तीन वर्षमा चिकित्सकद्वारा स्तन परीक्षण गराउने ।
४०/४९ वर्षको उमेरमा स् प्रत्येक एक-दुई वर्षको अन्तरालमा म्यामोग्राफ गर्ने । ५० वर्ष र तत्पश्चात् स् प्रत्येक वर्ष म्यामोग्राफ गर्ने ।

नेपालका दुर्गम जिल्लाहरूमा महिलाहरूलाई स्तन क्यान्सरबारे जानकारी नै छैन । स्तनमा गिर्खाहरू आए पनि रोग लुकाउने प्रवृत्ति व्याप्त छ । लाज तथा संकोचका कारण अधिकांश नेपाली महिलाहरू स्तन परीक्षण गराउन अस्पताल जाँदैनन् र अन्तिम अवस्थामा स्वास्थ्य सेवा खोज्छन् । त्यतिबेलासम्म उपचारको विकल्प समाप्त प्रायः भइसकेको हुन्छ । नेपालमा ३० देखि ५० वर्षका महिलालाई स्तन क्यान्सर बढी मात्रामा भएको पाइएको छ ।

४० वर्ष पुगेपछि विकसित देशका अधिकांश महिलाहरू प्रत्यक वर्ष म्यामोग्राफी गर्छन् भने नेपालमा एक प्रतिशतले पनि म्यामोग्राफी गर्दैनन् । यकिन तथ्यांक नभए पनि नेपालका न्यूनतम ५० हजार महिला स्तन क्यान्सरबाट पीडित भएको अनुमान गरएिको छ । स्तन क्यान्सरबारे सबै वर्ग र क्षेत्रका महिलाहरूमा जनचेतना फैलाउने, म्यामोग्राफी सेवाको विस्तार गर्ने तथा स्वास्थ सेवालाई विकेन्द्रिकित गर्ने हो भने स्तन क्यान्सरको समयमै निदान तथा उपचार हुनेछ । स्तन क्यान्सरको ठोस कारण पत्ता नलागे तापनि निम्नलिखित कारणहरूलाई जोखिम तत्त्व मानिएको छ : महिला, विशेष गरी प्रौढावस्था ।

वंशाणुगत (आमा, दिदी, बहिनी, छोरी मध्ये कुनै एकमा भएमा । जेनेटिक कारण । १२ वर्षभन्दा पहिले महिनावारी भएका र ५५ वर्षपछि रजोनिवृत्ति भएका महिला । नियमित मदिरा सेवन गर्ने महिला । गर्भ नतुहिने औषधी ९डीईएस० सेवन गरेका महिला । लामो समयसम्म परविार नियोजनका लागि हार्मोनल पिल्स वा सुई प्रयोग गरेका महिला । रजोनिवृत्तिका पाश्र्वप्रभाव घटाउन हार्मोन रप्लेसमेन्ट थेरापी लिएका महिला ।

मोटोपना (मोटो महिलामा एस्ट्रोजन हार्मोन बढी उत्पादन हुन्छ । जुन स्तन क्यान्सरको कारक तत्त्व हुनसक्छ । ० कहिल्यै गर्भवती नभएका वा ३० वर्षपछि बच्चा जन्माएका महिला । विकिरण स् बच्चा वा युवावस्थामा छातीको क्यान्सर वा अन्य रोगका लागि विकिरण उपचार गरेका महिला । स्तन कोषको असामान्य वृद्धि भएमा । निष्त्रिय जीवनशैली तथा बढी चिल्लो खाने महिला ।