बाहुबलीको सफलतापछि रातारात सुपरस्टार बनेका नायक हुन प्रभाष । साउथमा यसअघि नै चर्चित बनिसकेका प्रभाषले बाहुबली अन्तराष्ट्रिस्तरमा नै नेम र फेम कमाए । हुनत प्रभाष पहिले पनि चर्चित नायक नै हुन तर बाहुबलीले उनलाई जुन दर्जा र चर्चा दियो अरु फिल्मले दिएको थिएन । उनको क्रेज एकाएक बढेपछि बलिउड फिल्ममा पनि उनको डिमाण्ड निकै भयो ।

तीनै डिमाण्डका बीच उनले साहो फिल्मबाट बलिउडमा डेब्यु गर्देछन् । विभिन्न भाषामा बन्ने यस फिल्ममा प्रभाषको बिल्कुलै एक्सन अवतार देख्न सकिन्छ । बाहुबलीपछि प्रभाषको फिल्म साहोको प्रतिक्षा बेग्ररुपमा भईरहेको छ । ऋद्धा कपुरको समेत मुख्य अभिनय रहेको साहो अर्को वर्षको १५ अगस्टमा रिलिज हुने भएको छ ।

साहोमा अहिलेसम्म कै खतरनाक एक्सन दृश्यहरु समाबेश गरिएको छ । फिल्मको छायांकनको क्रममा ३७ कार र ५ ट्रक्‍सको टक्कर भएको थियो र ती सबै काम नलाग्ने भएका छन् । प्रभासले भनेका छन् “दर्शकलाई असली एक्सनको थ्रिल महशुस हुन सकोस् भनेर हामीले फिल्ममा सबैकुरा रियल गर्ने कोशिश गरेका छौँ ।”


फिल्म बाहुबली निर्माणमा १८० करोड खर्च हुँदा साहोको एक्सन सिक्वेन्समा मात्र ९० करोड खर्च हुन्छ भने यो फिल्म कस्तो बन्दैछ भन्ने अन्दाजी जो कोहीले लगाउन सक्छ । यो फिल्मको पुरा बजेट ३०० करोड हुने बताइएको छ । साहोको एक्सनमा वास्तबिक सिन निर्माण गर्नका निम्ति ३७ वटा कार र ५ वटा ट्रकहरु प्रयोग गरिएका छन् । शूटको क्रममा सबै ध्वस्त भएका छन् ।

स्पेशन भिज्वेल इफेक्टले वास्तविक दृश्यको आभाष नगराउने कारणले यस्तो गरिएको बताइएको छ । साहोबाट प्रभाषको बलिउडमा धमाकेदार डेब्यु हुने अनुमान गरिएको छ । फिल्मलाई सुजितले निर्देशन गरेका छन् ।