प्रदिप-जसिताको ‘लभ स्टेशन’ रिलिज कन्फर्म

लिलिबिलीपछि निकै रुचँएको जोडी प्रदिप खड्का र जसिता गुरुङ स्टारर फिल्म लभ स्टेशन यतिबेला यो जोडी रुचाएका दर्शकहरुका लागि प्रतिक्षाको बिषय बनिरहेको छ । भर्खरै लिलिबिली युट्युवमा रिलिज गरिको छ जहाँ यी दुईको कामलाई दर्शकहरुले निकै प्रशंसा गरेका छन् । सोही कारणले पनि लभ स्टेशनलाई थप मलजल मिलेको छ ।

केशव भट्टराईले निर्देशन गरेको यस फिल्मले चैत १ गते लाई लक गरेको छ । अब यो फिल्म चैत १ बाट अल नेपाल रिलिज हुनेछ । चैत ६ (पहाडी) र चैत ७ (तराई)  गते पर्ने फागु पुर्णिमाको सार्वजनिक बिदा कब्जा गर्न उदेश्यले यो मिती लक गरिएको निर्माता गोविन्द शाहीले बताए ।

दार्जिलिङ, कालिङपोङ, खार्साङ, मिरिक, इमाल र काठमाडौंमा सुटिङ गरिएको यस फिल्ममा प्रदिप गायकको भुमिकामा देखिएको अनुमान गरिएको छ । पारिवारिक प्रेम कथामा निर्माण गरिएको यस फिल्ममा रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोललगायतको अभिनय रहेको छ ।

फिल्ममा शम्भुजीत बाँस्कोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत र आलोक शुक्लाको छायांकन रहेको छ । फिल्म काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले फिल्म निर्माण गरेका हुन् । पछिल्लो पटक प्रदिपको रोजले सफलता नपाएपछि उनको स्टारडम धान्ने फिल्मको रुपमा लभस्टेशनलाई लिएको छ । लभ स्टेशनले सो मितीमा एकल रिलिज पाएको छैन । चैत्र १ मा नै भीषण राई निर्देशित ‘पुरानो बुलेट’ र पेमा धोन्डुप निर्देशित ‘द म्यान फ्रम काठमाण्डू’ समेत रिलिज हुँदैछन् ।