प्रेमीसँग ब्रेकअप भएपछि कार्यक्रम सेटमै भक्कानिदै रोइन चर्चित गायिका नेहा कक्कड

एजेन्सी – पछिल्लो समय बलिउडमा नेहा कक्कड र हिमाशंको ब्रेकअपको निकै चर्चा छ । लामो समय प्रेममा रमेका यी जोडीको अहिले आएर ब्रेकअप भएको छ । तीन महिना अगाडी हिमांसले नेहालाई प्रपोज गरेपछि यी दुइको प्रेम सम्बन्ध शुरु भएको थियो । हिमांसले नेहालाई इण्डेन आइडलको सेटमा प्रपोज गरेका थिए । तर अहिले उनीहरुको ब्रेकअप भइसकेको छ । तर उनीहरुको बिचको ब्रेकअपले नेहालाई सम्हालिन गाह्रो भएको छ ।


नेहा यतिबेला इन्डियन आइडलमा जजको रुपमा रहेर काम गर्दै छिन् । इन्डियन आइडलमा जजको रुपमा रहेकी नेहा कक्कड सोमा एक प्रतियोगीले रोमान्टिक र दु खले भरिएको गीत गाएपछि नेहाले आफुलाई सम्हाल्न नसकेर उनी निकै रोएकी छन् । उनी रोएको भिडियो भाइरल भएको छ ।उनीहरु ४ वर्षदेखि सम्बन्धमा रहेका थिए ।