लोकप्रिय रियालिटि शो ‘नेपाल आइडल–२’ को फाइनल नेपालमै हुने, कसले मार्ला त बाजी ?

काठमाडौँ – अहिले सबैतिर नेपाल आइडलकै चर्चा रहेको छ। नेपाली टेलिभिजनकै इतिहासमा सर्वाधिक लोकप्रिय रियालिटि शो हो नेपाल आइडल। ‘नेपाल आइडल–२’को फाइनल नेपालमै हुने भएको छ । आउँदो पुस ६ गते उक्त शोको फाइनल काठमाडौं अथवा पोखरामध्ये एक ठाउँमा हुने बताइएको छ ।उक्त प्रतियोगितामा हजारौंको भिँडबाट चार प्रतिपस्र्धी मात्र बाँकी छन् । जसमा पोखराका विक्रम बराल, झापाका सुमित पाठक र अस्मिता अधिकारी तथा धनगढीका रवि ओड बाँकी छन् ।

‘नेपाल आइडल’ सिजन–२ का विजेताले २० लाख नगद, एउटा होन्डा डब्लूआर–भी कार, एउटा गीति एल्बमको सम्झौता र वल्र्ड टुर अथवा ५० लाख नगद, एउटा एल्बमको सम्झौता र वल्र्ड टुर मध्ये एक रोज्न पाउने छन् ।नेपाल आइडलमा निर्णायक न्हयु बज्राचार्य, काली प्रसाद बास्कोटा र इन्दिरा जोशी छन् भने प्रस्तोतामा रिमा विश्वकर्मासँग अभिनेता आसिफ शाह छन् ।नेपाल आइडल एपी वान टेलिभिजनमार्फत हरेक हप्ताको बिहीबार र शुक्रबार दुई दिन राती ८ः३० देखि प्रसारण भइरहेको छ ।नेपाल आइडलका एपिसोडहरु युट्युब ट्रेन्डिङमा आफ्नो स्थान बनाउन सफल हुन्छन्।