जब सुपरस्टार अभिनेता महेश बाबुलाई भेट्न १०६ बर्षिया वृद्धा भेट्न सुटिङमै पुगिन्

तेलेगु फिल्मका सुपरस्टार अभिनेता महेश बाबुका अत्याधिक महिला प्रशंसकहरू रहेका छन्। सुन्दरतासँगै उनको साधारण शैली उनका फ्यानहरूलाई मनपर्छ। उनका फ्यानहरूको उमेरको कुनै सिमा छैन भन्ने हालै प्रमाणित भएको छ।हालै एक फ्यान भेटेपछि महेश बाबुले सौभाग्यशाली अनुभव गरेको बताएका छन्। उनको आगामी फिल्म ‘महर्षी’को सुटिङमा १०६ वर्षिया वृद्धा भेट्न आएपछि उनले सो प्रतिक्रिया जनाएका हुन्।महेशले इन्स्टाग्राममा ती प्रशंसकसँगको तस्वीर पोस्ट गर्दै सो कुरा बताएका हुन्।

तस्विर पोस्ट गर्दै महेशले ‘यसरी एउटा कालखण्डबाट आउने माया अभूतपूर्व हुन्छ। म भन्दा अगाडीको पुस्ताबाट आएको माया अनुभव गर्न पाउँदा विनम्रित भइन्छ। फ्यानहरूको मायाले म सँधै पुलकित हुँदै आएको छु तर १०६ वर्षिया रेलाङ्गी सत्यवतीले टाढाबाट आफै आएर दिएको आशिर्वादले मेरो मुटुको कुना कुना छोएको छ। इमान्दारिताका साथ भन्नुपर्दा उनीसँग भेट्न पाएर उनलाई खुशी दिन पाएकोमा भन्दा पनि म धेरै खुशी भएको छु। भगवानले उनको रक्षा गरून्। यो मायाका कारण आफूलाई धन्य महशुस गरिरहेको छु’, लेखेका छन्। महेश अभिनित फिल्म अगामी अप्रिलमा रिलिज हुनेछ।