सारा अली खानः ९६ किलोको हुँदा समेत टुटेन नायिका बन्ने सपना

साराले बाल्यकालदेखि नै अभिनयको सपना देखेपनि ९६ किलो तौल भएका कारण अभिनयको क्षेत्रमा लाग्नेछु भनेर सोचेकी थिइनन् । स्कूल–कलेज जताततै उनलाई मोटी भनेर बोलाइन्थ्यो ।

अहिले सारा अली खानको दुईवटा फिल्म रिलिजको संघारमा छ – ‘केदारनाथ’ र ‘सिम्बा’ ।

सारा करिनाबाट के सिक्न चाहन्छिन् ?

सारा भन्छिन्, ‘हुन त करिनाले हरेक कुरा निकै राम्रोसँग गर्छिन् तर एउटा कुरा म उनीबाट सिक्न चाहन्छु र त्यो हो ‘ब्यालेन्स इन लाइफ’ (जीवनमा सन्तुलन) । भगवानको कृपाले एक दिन म यो कुरा उनीबाटै सिकेरै छाड्नेछु । ’

बाल्यकालमा सारा एक पात्रकी प्रशंसक थिइन । त्यो थियो ‘कभी खुसी कभी गम’ मा करिनाको पात्र ‘पू’ ।

साराले कहिले पनि सोचेकी थिइनन् कि उनलाई मनपरेको ‘पू’ एक दिन उनकी बुवाको दोस्री श्रीमती बन्नेछिन् ।

कलेजको दोस्रो वर्षमा अभिनय नै गर्ने सोच बनाइन्ः

बीबीसी एशिया नेटवर्कसँगको कुराकानीमा सारा अली खानले भनिन्, ‘विगत २३ वर्षदेखि म यो सपना देखिरहेको छु । तर चार–पाँच वर्षको उमेरमा सोचेकी थिएँ कि अभिनय नै गर्नेछु ।’

उनी थप्छिन्, ‘कलेजको दोस्रो वर्ष समाप्त हुनै लाग्दा मैले सोचिसकेको थिएँ कि नायिका नै बन्छु । त्यतिबेला सबैभन्दा ठूलो समस्या भनेको तौल थियो । तर जब निर्णय गरेँ त गरेँ, तेस्रो वर्षसम्म मैले तौल घटाउन सुरु गरेँ ।’

सारा भन्छिन्, ‘मैले केदारनाथ फिल्मको अफर त स्विकारँ तर जब सुटिङ गर्न पुगेँ तब थाहा भयो कि कति मेहनत गर्नुपर्छ । ट्रेलरमा एउटा दृश्य छ । जहाँ मैले गंगामा डुबुल्की लगाइरहेकी थिएँ, त्यतिबेला निकै चिसो थियो । पानी पनि निकै चिसो थियो । त्यतिबेला लागिरहेको थियो कि म मर्दैछु । तर सेटमा काम हुँदै छ भनेर कहिले पनि महसुस भएन, सबै निकै सजिलै भयो । सेट बाहिर आएपछि मात्र थाहा हुन्थ्यो कि स्वास्थ्य खराब छ वा खुट्टा दुखिरहेको छ  तर क्यामरा अगाडि हुँदा कहिले पनि यस्तो महसुस भएन ।’

सारा अलि खान अभिषेक कपुरको केदारनाथ र रोहित शेट्टीको सिम्बामा देखिँदैछिन् । केदारनाथ रिलिज भएको तीन हप्तापछि डिसेम्बर २८ तारिखमा रिलिज हुँदैछ ।